Author: Bihani Post

गणतन्त्र पक्षधर र राजावादी समूहको छुट्टा छुट्टै प्रदर्शन

गणतन्त्र पक्षधर र राजावादी समूहको छुट्टा छुट्टै प्रदर्शन

Breaking News 1, समाचार
चैत १५ काठमाडौंमा आज गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन्। प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई चुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन् ।...
कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबार पेसी

कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबार पेसी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १४ कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो । उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुनःर्स्थापना गर्नुपर्ने माग राखिएको छ । उनले गैरकानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन् ।उक्त रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।...
एसईईका विद्यार्थीलाई रु.२० मै टेलिकमको अफर

एसईईका विद्यार्थीलाई रु.२० मै टेलिकमको अफर

शिक्षा
चैत १४ नेपाल टेलिकमले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ घोषणा गरेको छ । यसअन्तर्गत रु. २० मै सिमकार्ड पाइने छ भने उक्त सिममा ‘बोनस अन रिचार्ज’ पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज आगामी चैत १५ देखि २०८२ असार ३० सम्म सञ्चालन हुनेछ । टेलिकमका देशभरका कार्यालयमा उपलब्ध हुने यस्तो सिमकार्ड सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलेदेखि एनटीसी मोबाइल नम्बर प्रयोग गर्ने विद्यार्थीले पनि आफ्नो सिमकार्डमा यी अफरको लाभ लिनसक्ने छन् । नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् । यसका अतिरिक्त, ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र २० मिनेट अन-नेट भ्वा...
गरिव जनताका लागी विधुत सेवा शुल्कमा पचास प्रतिशत छुट

गरिव जनताका लागी विधुत सेवा शुल्कमा पचास प्रतिशत छुट

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत १४ नेपाल विद्युत् प्राधिकरणले गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताहरूलाई मासिक विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिइने तयारी थालिएको हो । विगतमा २० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताले मासिक ३० रूपैयाँ सेवा शुल्क तिर्दै आएका थिए । शाक्यका अनुसार मंगलबार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सेवाशुल्कमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको हो र विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि सिफारिस गरिएको छ । यस निर्णयले न्यून आय भएका र कम बिजुली बाल्ने उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्नेछ । नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि यो योजना कार्यान्वयनमा आउनेछ ।...
पदबाट बर्खात भएपछि सर्वोच्च पुगे कुलमान

पदबाट बर्खात भएपछि सर्वोच्च पुगे कुलमान

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
चैत १४ आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट पेस गरेका छन्। बुधबार ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। ‘कार्यालय समय सकिने बेलामा उहाँको रिट आइपुगेको छ,’ उनले भने, ‘हेर्न भ्याइएको छैन। बिहीबार अध्ययन गरेर थप प्रक्रिया अघि बढ्छ।’ उनले अधिवक्ता लोकमणि पोखरेलमार्फत सर्वोच्चमा रिट दिएका हुन्। घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, ऊर्जा मन्त्रालयलगायतलाई विपक्षी बनाएर रिट पेस गरेका छन्। उनले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरी तत्काल कामकारबाही गर्न दिनू भनी अन्तरिम आदेशसमेत माग गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारले घिसिङलाई हटाएर हिदेन्द्रदेव शाक्यलाई प्राधिकरणक...
आईपीएल : कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो

आईपीएल : कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो

खेलकुद
चैत १४ इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । कोलकाताको यो दोस्रो खेलमा पहिलो जीत हो । यसअघि पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो । हिजोको खेलमा राजस्थानले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले १७ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जीतमा क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन बनाए । राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए । कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए । कोलकाता २ खेलमा २ अङ्कका साथ छैटौँ स्थानमा...
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत १४ अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गम्भीर घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो।...
कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १३ कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । बुधबार युवाहरुको एक समूहले रत्नपार्कस्थीत प्राधिकरणको गेट बाहिर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमानलाई पुनः नियुक्त गर्न माग राख्दै नारावाजी गरेका थिए । प्राधिकरण अगाडीको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।...
घाँस काट्दा रुखबाट लडेर मृत्यु

घाँस काट्दा रुखबाट लडेर मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत १३ पाल्पाको बगनासकालीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली-७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका दिलप्रसाद भट्टराईको मृत्यु भएको हो। बुधबार बिहान ८ बजे घाँस काट्न रुखमा चढेका भट्टराई अचानक रूखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
आजको विदेशी मुद्रा विनिमय दर यस्तो छ

आजको विदेशी मुद्रा विनिमय दर यस्तो छ

अर्थ, शिक्षा, शेयर बजार
चैत १३ नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रूपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १२ पैसा र बिक्रीदर नौ रू...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज