एसईईका विद्यार्थीलाई रु.२० मै टेलिकमको अफर

चैत १४
नेपाल टेलिकमले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ घोषणा गरेको छ । यसअन्तर्गत रु. २० मै सिमकार्ड पाइने छ भने उक्त सिममा ‘बोनस अन रिचार्ज’ पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज आगामी चैत १५ देखि २०८२ असार ३० सम्म सञ्चालन हुनेछ ।

टेलिकमका देशभरका कार्यालयमा उपलब्ध हुने यस्तो सिमकार्ड सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलेदेखि एनटीसी मोबाइल नम्बर प्रयोग गर्ने विद्यार्थीले पनि आफ्नो सिमकार्डमा यी अफरको लाभ लिनसक्ने छन् । नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् । यसका अतिरिक्त, ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र २० मिनेट अन-नेट भ्वाइस कल, १० ओटा अन–नेट एसएमएस र ५०० एमबी डेटासमेत पाउनेछन् ।

यी सबै सुविधा प्रत्येक दिन प्राप्त हुने रिसोर्सको रूपमा मात्र सोही दिनका लागि कायम रहने कम्पनीले उल्लेख गरेको छ । नयाँ सिम प्राप्त गर्न परीक्षार्थीहरूले एसईईको प्रवेश पत्र (एडमिट कार्ड) वा कक्षा १० को मार्कशिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै, सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले ८१४१४३ डायल गर्नुपर्नेछ । यसपछि अफर प्राप्त ग ८१६००३ डायल गरी निर्देशनहरू पालन गर्नुपर्नेछ ।

यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु.५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० ओटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज