Author: Bihani Post

युएईद्धारा १६६ जना नेपाली कैदीलाई आममाफी

युएईद्धारा १६६ जना नेपाली कैदीलाई आममाफी

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत २० युनाइटेड अरब इमिरेट्स (यूएई) ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा १६६ जना नेपाली कैदीलाई आममाफी दिएको छ । “पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” हिजो मंगलबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत भनेको छ । नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएईको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधमा उनीहरूलाई आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, यसअघि कतारले पनि रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको थियो ।...
आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

खेलकुद, ताजा अपडेट, समाचार
चैत १९ आज आईपीएल २०२५ मा पहिलो पटक ती दुई खेलाडी आमनेसामने हुने समय आएको छ, जसमा ५३.७५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । मतलब दुबै यस मूल्यमा खरिद गरिएको खेलाडी मैदानमा उत्रदैँछन । हामी ऋषभ पन्त र श्रेयस अय्यरको कुरा गर्दैछौं। यी दुई आईपीएल २०२५ का सबैभन्दा महँगा खेलाडी मात्रै नभएर यस लिगको इतिहासमा पनि हुन् । ऋषभ पन्तलाई लखनऊ सुपर जायन्ट्सले २७ करोडमा किनेको थियो भने जबकि पञ्जाब किंग्सले श्रेयस अय्यरलाई २६.७५ करोड भारतीय रूपैयाँमा स्विकार गरिएको थियो । आइपीएल २०२५ को १३ औँ खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जाइन्ट्सको सामना आज गर्दैछ । यो खेल आईपीएल इतिहासका दुई सबैभन्दा महँगा खेलाडीहरू बीचको भिडन्तको साक्षी पनि हुनेछ, जो आ–आफ्नो टोलीका कप्तान पनि छन्। ऋषभ पन्तको नेतृत्वमा लखनऊ सुपर जायन्ट्सको यो तेस्रो खेल हुनेछ भने श्रेयस अय्यरको पञ्जाब किंग्सले यो सिजनको दोस्रो खेल खेल्दैछन् ।...
सरकारले जिउँदै छाड्नु नै जीत : रवि लामिछाने

सरकारले जिउँदै छाड्नु नै जीत : रवि लामिछाने

समाचार
चैत १९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले जिउँदै छाड्नु नै आफ्नो जित भएको बताएका छन् । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठक मा पत्रकारहरुसंग कुरा गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई जिउँदै छाडेको भन्दै त्यही नै आफ्नो जित भएको बताए । शरीरमा एक थोपा रगत रहुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा लडिरहने उद्घोष पनि लामिछानेले गरेका छन् । गत कात्तिकमा सरकारले जबर्जस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै गिरफ्तार गरेको स्मरण गर्दै उनले षड्यन्त्रको सिलसिला अझै नसकिएको बताउदै आफूलाई फसाउन सरकारले सबै शक्ति खर्चिएको समेत उनले जिकिर गरेका थिए ।...
रुस र अमेरिकाबिच सम्बन्ध नबिग्रिएको रुसको भनाइ

रुस र अमेरिकाबिच सम्बन्ध नबिग्रिएको रुसको भनाइ

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत १९ रुसले अमेरिकाबिचको सम्बन्धमा केही कटुता देखिएपनि अमेरिकासँग काम गरिरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग रिसाएको भन्ने बताइरहँदा रुसले अमेरिकासँग हरेक विषयमा छलफल हुने गरेको जनाएको छ ।  
भारतमा ग्यास सिलिण्डर बिस्फोट, ७ जनाको मृत्यु

भारतमा ग्यास सिलिण्डर बिस्फोट, ७ जनाको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट
चैत १९ भारतमा ग्यास सिलिण्डर पडकिँदा सात जनाको मृत्यु भएको छ । भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको एक घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार बालबालिका र दुइ महिला रहेका छन् । घटनामा घाइने एक महिलाको भने उपचार जारी छ । तर उनको आधा शरीर जलेकाले अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ -एजेन्सी ।...
आइपिएल क्रिकेट: आज लखनउ र पञ्जाव भिड्दै

आइपिएल क्रिकेट: आज लखनउ र पञ्जाव भिड्दै

खेलकुद, ताजा अपडेट
इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटमा आज लखनउ सुपर जयन्ट्सले पञ्जाव किंग्सको सामना गर्नेछ । खेल बेलुकी पौने ८ बजेदेखि लखनउको एकना क्रिकेट स्टेडियममा शुरु हुनेछ । पञ्जाव लगातार दोस्रो जितको खोजीमा रहेको छ भने लखनउ तीन खेलमा दोस्रो जितको खोजीमा छ । एजेन्सी
‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

ब्यापार, मनोरञ्जन
चैत १९ घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साता सम्म देशभरका हलहरूबाट प्राप्त रिपोर्टका आधारमा निर्मातालाई दिइएको हो । चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, चलचित्रको दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ताअनुसार अपेक्षाकृत रहेको छ । उनले भने, “हामीले सोचेजस्तै चलचित्रले राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ । अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौँ ।” निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरे । “नेपाली दर्शकले राम्रो सिनेमा रुचाउने प्रवृत्ति फेरि प्रमाणित भएको छ । कथा, प्रस्तुतीकरण, र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई हलसम्म ल्याएको छ । आगामी दिनमा अझ राम...
त्रिचन्द्र क्याम्पसमा स्ववियुको मतदान सुरु

त्रिचन्द्र क्याम्पसमा स्ववियुको मतदान सुरु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत १९ त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सुरु भएको छ । यसअघि पटकपटक स्थगित भएको चुनाव आज सुरु भएको हो ।  
सभामुखलाई भेटेर रविले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह

सभामुखलाई भेटेर रविले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह

Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार
चैत १९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पदको निलम्बन फकुवा गर्न आग्रह गरेका छन् । आज सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् । सहकारी ठगी आरोपमा पक्राउ परेपछि लामिछानेको सांसद पदबाट गत पुस ८ गते निलम्बन गरिएको थियो ।
डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
चैत १९ नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति देखि लागू हुने गरी डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन ९आन्तरिक० तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।      
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज