सरकारले जिउँदै छाड्नु नै जीत : रवि लामिछाने

चैत १९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले जिउँदै छाड्नु नै आफ्नो जित भएको बताएका छन् ।

पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठक मा पत्रकारहरुसंग कुरा गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई जिउँदै छाडेको भन्दै त्यही नै आफ्नो जित भएको बताए ।

शरीरमा एक थोपा रगत रहुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा लडिरहने उद्घोष पनि लामिछानेले गरेका छन् ।

गत कात्तिकमा सरकारले जबर्जस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै गिरफ्तार गरेको स्मरण गर्दै उनले षड्यन्त्रको सिलसिला अझै नसकिएको बताउदै आफूलाई फसाउन सरकारले सबै शक्ति खर्चिएको समेत उनले जिकिर गरेका थिए ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज