डिजिटल संसारले दिएको मानसिक विचलनः नोमोफोबिया
बैशाख २३,
खान, बस्न, लगाउन जस्तै अपरिहार्य बनिसक्यो, मोबाइल फोन । बरु, साथी नभए पनि हुन्छ । तर, मोबाइलबिना बाँच्न सक्दैनन्, अहिलेका पुस्ता ।
मोबाइल अहिले जीवनको अभिन्न अंग बनिसकेको छ । सञ्चार, मनोरञ्जन र सूचनाको पहुँचलाई सहज बनाउने यी उपकरणले हाम्रो दैनिकीमा गहिरो प्रभाव पारेका छन् ।
तर, यही सहजताले ल्याएको एउटा नयाँ चुनौती हो–नोमोफोबिया ।
केही दिन अघि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिल्को’ले यही नोमोफोबिया विषयलाई बाल मनोस्वास्थ्यको सन्दर्भमा उठाएर समाजमा गम्भीर प्रश्न खडा गरेको छ ।
के हो त नोमोफोबिया ?
मोबाइल नहुँदा लाग्ने डर (नो मोबाइल फोन फोबिया) लाई विज्ञले दिएको छोट्करी नाम हो, नोमोफोबिया । यो एक प्रकारको मनोवैज्ञानिक अवस्था हो ।
यो समस्या तब उत्पन्न हुन्छ । जब मोबाइल फोनबाट टाढा हुँदा मनमा एक किसिमको भय उत्पन्न हुन्छ । इन्टरनेट कनेक्शन नहुँदा, वा मोबाइलको ब्याट्र...








