Author: Bihani Post

आज आइसिसी विश्वकपमा नेपाल र नेदरल्याण्ड्स भिड्दै

आज आइसिसी विश्वकपमा नेपाल र नेदरल्याण्ड्स भिड्दै

खेलकुद
जेठ २७ आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल आज जित दर्ता गर्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेको थियो ।...
बागलुङको बरेङ पालिकाको पूर्वाधार तर्फ ८३ योजना सम्पन्न

बागलुङको बरेङ पालिकाको पूर्वाधार तर्फ ८३ योजना सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ २७, बागलुङको बरेङ गाउँपालिकाले पूर्वाधार तर्फ ८३ योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम अन्र्तगत बागलुङको बरेङ गाउँपालिकाले  १ सय २ वटा योजनाहरु मध्ये ८३ वटा योजनाहरु सम्पन्न गरेको हो । स्थानीय सरकार भौतिक संरचनाको र विषयगत जनशक्ति एवम कर्मचारीको अभाव र केन्द्रीय ऐन, नियमको अष्पस्टताको बाबजुद पनि जनभावना, जनआकंक्षा र श्रोत परिचालन गरेर प्रशासनिक शुसासन, नागरिकको अपेक्षा र समृद्धीको चाहना पुरा गर्न गाउँपालिकाले पूर्वाधार तर्फ तिव्रताका साथ योजनाहरु निर्माणको कार्यहरुमा रकमहरु विनियोजित गर्दै योजनाहरु समय मै सम्पन्न गर्न आवहान गरेको छ । गाउँपालिकाबाट योजनाहरुको सम्झौता गर्दा दिएको मिति ताकेता गरे पनि योजना निर्माण उपभोक्ता समिति, ठेक्का कम्पनीहरुले निर्माण मिति थप्ने प्रवृती, योजना निर्माणमा विवाद, सम्झौता गरे पछि समयमा कामको थालनी ढिलो गर्ने जस्ता ...
विश्वहिन्दु महासंघ जिल्ला कार्यसमितिको वैठक सम्पन्न

विश्वहिन्दु महासंघ जिल्ला कार्यसमितिको वैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ २७, जयराम सापकोटा । विश्वहिन्दु महासंघ जिल्ला कार्यसमितिको वैठक सम्पन्न भएको छ । शाखाका बरिष्ठ उपाध्यक्ष दिनेश गन्धर्वको अध्यक्षतामा सम्पन्न वैठकमा आगामी कार्ययोजना वारे छलफल भएको हो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य भिमलाल भट्टराई, हरि शंकर वस्याल, धर्मचन्रद्र नेपाल, मित्रलाल नेपाली,कला संस्कृतिका प्रदेश समिति अध्यक्ष जय प्रकाश उप्रेती, कार्यसमिति उपाध्यक्ष सरस्वती शर्मा वस्याल, जिल्ला कार्यसमिति सह सचिव जयराम सापकोटा, सहकोषाध्यक्ष फडिन्द्र लम्साल र सदस्य ठाकुर वस्याल लगायतले आगामी कार्ययोजना वारे आ-आफ्ना भनाई राखेका थिए । नियमित वैठक वस्नु पर्ने तालिका अनुसार ढिलै गरि वसेको वैठकले आर्थिक वर्ष २०८२र८३ का लागी जिल्ला भित्रका माध्यामिक तहका विधालयहरुलाई चरणवद्ध छनोट गरि धर्म संस्कृति र संस्कार वारे प्रशिक्षण दिने साथै हिन्दुधर्म भित्ररहेका विभिन्न धर्मालव्विहरुलाई एउटै मन्चमा ...
पाल्पामा भेटियो यार्सागुम्बा

पाल्पामा भेटियो यार्सागुम्बा

Breaking News 1, अर्थ, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, विचार, समाचार
जेठ २६, पाल्पाको रिमिघा लेकममा यार्सागुम्बा भेटिएको छ । रम्भा गाउँपालिका ३ स्थित रिमिघा लेकमा एक हप्ता अघि यार्सागुबा जस्तो देखिने जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको छ । डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा गरेको नमुना परीक्षणमा उक्त जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको हो। स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएपछि डिभिजन वन कार्यालयसंंगको समन्वयमा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइएको थियो । उक्त जडिबुटी फेला परेपछि पालिकाले रिमिघालेक जङ्गल प्रवेशमा रोक लगाएको थियो । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाँडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको थियो । परीक्...
तानसेन बद्रेश्वर शिवालयधाममा चौथो वराहपुराण महायज्ञ सम्पन्न

तानसेन बद्रेश्वर शिवालयधाममा चौथो वराहपुराण महायज्ञ सम्पन्न

Breaking News 2, अर्थ, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
जेठ २६, जयराम सापकोटा । ऐतिहासिक शहर तानसेन ३ भगवति टोल स्थित वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा अठारपुराण मध्ये वार्षिक अनुष्ठान अन्तरगत यस वर्ष चौथो वराहपुराण महायज्ञ सम्पन्न भएको छ । साल जेष्ठ १८ गते वाजागाजा र भजन कृतनका साथ नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य महामन्डलेश्वर माता हेमानन्द गिरीजी महाराज र ध्यानी बाबा सहित विभिन्न धार्मिक, सामाजिक व्यक्ति र संघ संस्था सहित नगर परिक्रमा गरि शुभारम्भ भएको सप्ताह ज्ञान महायज्ञको यहि जेठ २५ गते सफलताका साथ सम्पन्न भएको हो । उक्त महायज्ञमा नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गीरी महाराजले १८ गते देखि २२ गते सम्म आध्यात्मिक चिन्तन सम्वन्धि प्रवचन दिनु भएकि माताले विदाइको क्रममा आफुलाई तानसेन असाध्यै मन परेको र यहि बद्रेश्वर शिवालय धामको गौशाला माथी दुई कोठा निर्माण गरि नेपालभरको महामन्डलेश्वरको आफ्नो जिम्वेदारी यहि रहेर...
सुनको भाउ आज ३ हजार रुपैयाँले घट्यो

सुनको भाउ आज ३ हजार रुपैयाँले घट्यो

ट्रेन्डिङ, ब्यापार, शेयर बजार
जेठ २५, सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँ थियो । त्यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै

नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै

खेलकुद
जेठ २५ आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको छ । नेपालले गएको सोमवार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेट र बुधवार भएको दोश्रो खेलमा नेदरल्यान्डसलाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले स्कटल्यान्ड भ्रमण अन्तर्गतको श्रृङखलामा आज तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक जीत निकालेको नेपाल आज पनि जीतलाई निरन्तरता दिन चाहन्छ । नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म नौ वटा एकदिवसीय खेल भएको छ । जसमा नेपालले पाँच र स्कटल्यान्डले तीन खेल जितेको छ । एउटा खेल नतिजाविहीन भएको थियो । नेपालले पर्सि नेदरल्यान्ड्स...
तत्काल ठूलो पानी नपर्ने मौसमविद्को जानकारी

तत्काल ठूलो पानी नपर्ने मौसमविद्को जानकारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ २५. आज कोशी प्रदेशलगायत देशका अन्य ठाउँमा छिटपुट वर्षा भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । पर्सिदेखि देशका पश्चिमी भागमा पानी पार्ने प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाका मौसमविद् जनाएका छन् । यसवर्षको मनसुन कोशी प्रदेशमै रोकिदा बदली र वर्षा कम भएको महाशाखाले जनाएको छ । यस वर्ष औषत समयभन्दा १५ दिन चाँडो नेपाल भित्रिएको मनसुन दश दिनसम्म पनि अगाडि बढ्न सकेको छैन । कोशी प्रदेशमा प्रवेश गरेपछि सामान्यतया १२ देखि १५ दिनमा देशभर फैलने गर्थ्यो । गएको वर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन त्यसको १३ दिनमा अर्थात् असार १० गते देशभर फैलिसकेको थियो । अहिले मनसुनी वायुभन्दा पश्चिमी वायुको शक्ति बढी रहेकाले मनसुनी वायुलाई पश्चिमतर्फ अघि बढ्न नदिएको महाशाखाको भनाइ छ ।...
मादल बजाउने तालिम सम्पन्न

मादल बजाउने तालिम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
जेठ २४ जयराम सापकोटा । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पाले संचालन गरेको १ हप्ते मादल वजाउने तालिमको समापन तानसेन नगर प्रमुख शन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष कमल भट्टाइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २४ जना भन्दा बढिले तालिमको सातै दिन उपस्थित भएर उत्साहजनक रुपमा तालिम लिएका, र तालिम लिनेहरु थप तालिम लिन इच्छुक भएको प्रशिक्षक रुपेश कार्कीले वताउनु भयो । समापन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका संयोजक पवन वस्यालले प्रतिष्ठानले तानसेनमा पहिलो पटक मादल वजाउने तालिम संचालन गरेको र अव दोस्रो चरणमा यसलाई अझै व्यवस्थित गर्दै हार्वनियम वजाउने तालिम दिने आफुहरुको सोच रहेको जानकारि दिनुभयो । कार्यक्रममा विशिष्ठ अतिथि प्रतिष्ठानकी निवर्तमान अध्यक्ष तथा प्रदेश सदस्य रेखा थापा र पत्रकार महासंघका अध्यक्ष कमल तिमल्सिना लगायतले तालिमक...
भारतबाट फर्केका पाँच जनामा कोरोना सङ्क्रमण

भारतबाट फर्केका पाँच जनामा कोरोना सङ्क्रमण

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ २४ भारतबाट फर्केका सुदूरपश्चिमको कैलाली र अछामका पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टा नाका हुँदै नेपाल फर्केका ३० जनाको ‘एन्टिजेन’ परीक्षण गर्दा पाँच जनामा ‘पोजेटिभ’ देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा तीन जना कैलाली र दुई जना अछामका रहेका छन् । कोरोना सङ्क्रमित उनीहरुलाई ‘होम क्वारेण्टीन’ मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज