टोल विकास संस्थाको साधारणसभा सम्पन्न
जेठ ३१,
जयराम सापकोटा ।
तानसेन नगरपालिका १-स्थित खल्लुखधारा टोल विकास संस्थाको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष सुनिल कुमार वस्यालको उपस्थिति रहेको कार्यक्रममा वडा सदस्य रामप्रसाद भट्टराई, कार्यपालिका सदस्यहरू लक्ष्मी शर्मा र मन्जु विक, टोल विकास संस्था समन्वय समिति अध्यक्ष विजय प्रकाश आले तथा सचिव जयराम सापकोटा लगायत अन्य विशिष्ट अतिथि सहभागी रहेको थिए ।
कार्यक्रममा संस्थाकी अध्यक्ष अमृता दर्नालले आफ्नो चारवर्षे कार्यकालको वार्षिक प्रतिवेदन पेश गर्दै यो खल्लुखधारा टोल विकास संस्था गठन गर्दा कैयौ चुनौतीका बिच२०७८ सालमा तानसेन नगरपालिकामा २२औँ टोल विकास संस्थाको रुपमा दर्ता भएको जानकारि गराउँदै २२ वटा टोल संस्था मध्ये आफुहरु कान्छो टोल संस्था भए पनि छोटो समयमा संस्थाले ६२ वटा नियमित वैठक र ८ वटा आकस्मिक वैठक सम्पन्न गर्दै स...








