भदौ २७,
आजदेखि काठमाडौ बसपार्कबाट यात्रुबाहक बसहरू सञ्चालनमा आएका छन् । भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले लगाएको निषेधाज्ञा र कफ्र्युका कारण बन्द रहेका सार्वजनिक सवारीसाधनहरू क्रमशः सञ्चालनमा आएका हुन् ।
२७ भाद्र २०८२, शुक्रबार२७ भाद्र २०८२, शुक्रबार२७ भाद्र २०८२, शुक्रबार by Bihani PostNo Comments
भदौ २७,
जेनजी समूहले प्रस्तावित प्रधानमन्त्री सुशीला कार्कीको शपथ संसद विघटनको विवादले अड्किएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबीच निरन्तर छलफल भए पनि विघटनमा सहमति जुट्न सकेको छैन।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति भए पनि संविधानको कुन आधारमा नियुक्त गर्ने भन्ने विषयमा मतभेद छ। राजनीतिक दलहरू कार्कीलाई स्वीकार गर्न तयार देखिए पनि संसद विघटनमा सहमत छैनन्। अन्तिम सहमति जुटेपछि मात्र शपथ हुने जनाइएको छ।...
२६ भाद्र २०८२, बिहीबार२६ भाद्र २०८२, बिहीबार२६ भाद्र २०८२, बिहीबार by Bihani PostNo Comments
भदौ २६,
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन् । भारतीय टेलिभिजन सँग कुरा गर्दै ७१ वर्षीया कार्कीले राष्ट्रिय हितका लागि काम गर्न आफू इच्छुक रहेको जनाइन् ।
कार्कीलाई जेनजी युवाहरूले अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका हुन् । उनले भारतमा अध्ययनको अनुभव स्मरण गर्दै दुई देशबीच ऐतिहासिक र आत्मीय सम्बन्ध रहेको उल्लेख गरिन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनमा सडकमा उत्रिएकी कार्कीले सर्वोच्च अदालतमा रहँदा सामूहिकतामा विश्वास गरेर काम गरेको अनुभव साझा गर्दै भविष्यमा पनि त्यही भावनासहित अघि बढ्ने बताइन् ।...
२६ भाद्र २०८२, बिहीबार२६ भाद्र २०८२, बिहीबार२६ भाद्र २०८२, बिहीबार by Bihani PostNo Comments
भदौ २६ ,
जेन–जी समूहहरूले सैनिक मुख्यालय अगाडि आज पनि वादविवाद गरेका छन्। अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिनुपर्ने प्रस्ताव भइरहेका बेला उनीहरूले आ(आफ्ना उम्मेदवार अघि सार्दै विवाद बढाएका हुन्। धेरैले धरानका मेयर हर्क साम्पाङलाई समर्थन गरेका छन्। भारतीय मिडियामाथि आक्रोश देखाउँदै समूहलाई सेनाले हटाउने प्रयास गरिरहेको छ।...
२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार२४ भाद्र २०८२, मंगलवार by Bihani PostNo Comments
भदौ २३,
सोमबार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरणअनुसार सो संख्या पुष्टि भएको हो ।
देशभरका विभिन्न अस्पतालमा हालसम्म ३४७ जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा जेन जी भनिने नवयुवाले हिजो देशभर प्रर्दशन गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
...
२२ भाद्र २०८२, आईतवार२२ भाद्र २०८२, आईतवार२२ भाद्र २०८२, आईतवार by Bihani PostNo Comments
निराजन पौडेल
भदौ २२,पाल्पा ।
घरको आगन, आमाको ममतामयी अंगालोे र डाडाँकाडाँ काट्दै विद्यालय जाने ती सम्झनाहरु अझै पनि उहाँको ह्रदयमा ताजै छन् ।
सानै उमेरमा वैदेशिक रोजगारीको यात्रामा निस्कनु भएका बगनासकाली गाउँपालिका ८ धारापानीका झबिन्द्र बस्यालको मनमा थियो 'केही वर्ष विदेशमा काम गरेर फर्किने अनि परिवार र आफ्ना सपना पुरा गर्ने ।'
तर त्यो केही वर्ष भन्ने सोच झन्डै १४/१५ वर्ष विदेशी जिन्दगीमा बदलियो । सिङगापुर, कतार, साउदी,दुवै जहाँका घाम उस्तै तातो लाग्थ्ये ,भाषाहरु फरक थिए तर श्रमको पिडा भने एउटै ।
आत्मनिर्भर बन्ने विउ विदेशमै पलायो !
कयौँ देशहरु चारिरहँदा दुवैमा बस्यालले फुल बगैचामा काम गर्नुभयो । बिहानदेखी बेलुकासम्म फुल रोप्ने, माटो खनजोत गर्ने, र पानी हाल्ने काममै उहाँका दिन बित्थ्ये ।
उहाँ भन्नुहुन्छ :- "कहिले काडा टेक्दै, कहिले नाङ्गो खुट्टाले तातो बालुवा छोईदै हिडीयो...
२२ भाद्र २०८२, आईतवार२२ भाद्र २०८२, आईतवार२२ भाद्र २०८२, आईतवार by Bihani PostNo Comments
भदौ २२,
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भू-भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भू भागमा साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
२१ भाद्र २०८२, शनिबार२१ भाद्र २०८२, शनिबार२१ भाद्र २०८२, शनिबार by Bihani PostNo Comments
भदौ २१,
स्वास्थ्य बीमामा आबद्ध भएका विपन्न नागरिकले आउँदो कात्तिक १ गतेदेखि सहुलियत सुविधा पाउने भएका छन् । ८ प्रकारका कडा रोगमा एकीकृत सुविधा पाउन सकिन्छ । मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सुविधा पाउँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णय अनुसार आउँदो कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
यो सुविधा स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले अहिले सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
२१ भाद्र २०८२, शनिबार२१ भाद्र २०८२, शनिबार२१ भाद्र २०८२, शनिबार by Bihani PostNo Comments
भदौ २१,
आज देशका पहाडी भू-भागहरूमा सामान्य बदली रही तराई तथा अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था छ ।
बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
दिउँसो देशभर सामान्य बदलीको अवस्था रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
...
२१ भाद्र २०८२, शनिबार२१ भाद्र २०८२, शनिबार२१ भाद्र २०८२, शनिबार by Bihani PostNo Comments
भदौ २१,
सामाजिक सञ्जाल एक्सले नेपालमा दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ । शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेल पठाउँदै दर्ताका लागि आवश्यक कागजातबारे जानकारी मागेको हो ।
मन्त्रालयका प्रवक्ताका अनुसार, “दर्ताका लागि के के कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आएको छ। हामीले त्यसबारे आवश्यक जानकारी पठाइसकेका छौँ,” भनेका छन् ।
सरकारले दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएसँगै यस विषयमा समर्थन र विरोध दुवै प्रकारका बहस चलिरहेका छन् ।...