चैत १९
नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति देखि लागू हुने गरी डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन ९आन्तरिक० तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।
१८ चैत्र २०८१, मंगलवार१८ चैत्र २०८१, मंगलवार१८ चैत्र २०८१, मंगलवार by Bihani PostNo Comments
चैत १८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताउनुभएको छ । अप्रिल २ देखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै देशमा लागू हुने बीबीसीले जनाएको छ ।
नयाँ कर पहिले नै लागू भइसकेका करहरू बाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ । ट्रम्पले यसलाई अमेरिकाको मुक्ति दिवस भनेका छन् ।
ट्रम्पको यो घोषणापछि एशियाको शेयर बजारमा गिरावट देखिएको छ ।
-एजेन्सी
...
१७ चैत्र २०८१, सोमबार१७ चैत्र २०८१, सोमबार१७ चैत्र २०८१, सोमबार by Bihani PostNo Comments
चैत १८
हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सफा छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
१७ चैत्र २०८१, सोमबार१७ चैत्र २०८१, सोमबार१७ चैत्र २०८१, सोमबार by Bihani PostNo Comments
चैत्र १८
सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।
इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।...
१५ चैत्र २०८१, शनिबार१५ चैत्र २०८१, शनिबार१५ चैत्र २०८१, शनिबार by Bihani PostNo Comments
चैत १६
पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले शुक्रबार तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक बन्दा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ७५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
यस्तै एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । शान्तिपूर्ण आन्दोलनका लागि भनेर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको थियो ।
तर, प्रदर्शनकारीले हिंसात्मक गतिविधि गर्दै निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायतमा तोडफोड र आगजनीलगायतका गतिविधि गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले यस खालको गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइ कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै हालसम्म ५१ जना पक्राउ गरेको जनाएको छ । पक्राउ ...
१५ चैत्र २०८१, शनिबार१५ चैत्र २०८१, शनिबार१५ चैत्र २०८१, शनिबार by Bihani PostNo Comments
चैत १६
सामसङले नयाँ ग्यालेक्सी ए सिरिजका मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले ग्यालेक्सी ए फिफ्टीसिक्स फाइभ जी, ए थर्टीसिक्स फाइभ जी र ए ट्वान्टीसिक्स फाइभ जी नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।
ए सिरिजका यी स्मार्टफोनहरूमा पहिलो पटक ‘असम इंटेलिजेन्स’ र उन्नत क्यामेरा विशेषता रहेको कम्पनीको दाबी छ ।
सामसुङको सबैकालागि एआई भन्ने सोचमा यी फोन नयाँ कदम भएको उसको दाबी छ । यी सबै फोनहरु धुलो तथा पानी प्रतिरोधात्मक क्षमताका साथ टिकाउ र सुरक्षित रहेको कम्पनीले जनाएको छ ।...
१४ चैत्र २०८१, शुक्रबार१४ चैत्र २०८१, शुक्रबार१४ चैत्र २०८१, शुक्रबार by Bihani PostNo Comments
निराजन पौडेल
चैत १५
भिमसेन टोल विकास सस्था तानसेन ६,पाल्पाको आयोजनामा खाना महोत्सव हुने भएको छ । "सडकमै खाउ सडकमै रमाउ,स्थानीय खानालाई प्रोत्साहन गरि सरस्वती मन्दिर जिर्णोद्वारमा टेवा पुर्याऔ" भन्ने नाराका साथ चैत २१ गते तानसेन भिमसेन टोल विकास सस्था महिला उपसमिति पाल्पाको आयोजनामा महोत्सव हुन लागेको हो ।
भिमसेन टोल विकास सस्थाका अध्यक्ष प्रकाश नाथ गंगोलले स्थानीय कला, संस्कृति, रहनसहन र इतिहास नै समाजका गहना भएको कुरा बिहानी पोष्ट लाई जानकारी गराउदै सस्थाका महिलाहरूले सरस्वती मन्दिरको जिर्णद्वार गर्ने उधेश्यका साथ खाना महोत्सव गर्न लागेको बताउनु भयो ।
महोत्सवमा खानाका विभिन्न परिकारसँगै महिलाहरुले उत्पादन गरेका कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरुको प्रदर्शनी साथै स्थानीय कलाकारको प्रस्तुतिमा भजन,चुड्का मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।
...
१३ चैत्र २०८१, बिहीबार१३ चैत्र २०८१, बिहीबार१३ चैत्र २०८१, बिहीबार by Bihani PostNo Comments
चैत १४
कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो । उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुनःर्स्थापना गर्नुपर्ने माग राखिएको छ ।
उनले गैरकानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन् ।उक्त रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।...
१३ चैत्र २०८१, बिहीबार१३ चैत्र २०८१, बिहीबार१३ चैत्र २०८१, बिहीबार by Bihani PostNo Comments
चैत १४
नेपाल विद्युत् प्राधिकरणले गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताहरूलाई मासिक विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिइने तयारी थालिएको हो । विगतमा २० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताले मासिक ३० रूपैयाँ सेवा शुल्क तिर्दै आएका थिए ।
शाक्यका अनुसार मंगलबार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सेवाशुल्कमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको हो र विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि सिफारिस गरिएको छ । यस निर्णयले न्यून आय भएका र कम बिजुली बाल्ने उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्नेछ ।
नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि यो योजना कार्यान्वयनमा आउनेछ ।...