ताजा अपडेट

रवि लामिछाने भैरहवा कारागार चलान

रवि लामिछाने भैरहवा कारागार चलान

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत २५ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । उनलाई आज अदालत उपस्थित गराएर कारागार चलान गरिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा गत शुक्रबार उच्च अदालत बुटवल तलसीपुर इजसालले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । उनलाई शुक्रबार नै पक्राउ गरेर भैरहवा ल्याइएको हो ।...
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत २५ नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन आजदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । देशभरका सबै विद्यालय बन्द गरी शिक्षक कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै, त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ । ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौँ,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौँ ।’ ...
रामकृष्ण र काजोलको स्वरमा ‘यो माया बसेर होकी’ गीत सार्वजनिक

रामकृष्ण र काजोलको स्वरमा ‘यो माया बसेर होकी’ गीत सार्वजनिक

ताजा अपडेट, मनोरञ्जन
चैत २५ लोकप्रिय गायक रामकृष्ण ढकाल र काजोल कार्कीको सुमधुर स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘यो माया बसेर होकी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा कुशल सिंहको संगीत संयोजन रहेको छ । रोमान्टिक गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् । नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश भएको छ । गायक ढकालसँगको युगल गायन केमेस्ट्री मिलेको छ। सुनील क्षेत्रीको निर्देशनमा बनेको भिडियोमा अभि वाग्लेको कोरियोग्राफी रहेको छ । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियो सार्वजनिक पश्चात आएको प्रतिक्रियाबाट काजोल कार्की उत्साहित भएकी छिन् । दर्शक श्रोताको माया अझै धेरै पाउने र भिडियोले सबैको मन जित्नेमा ढुक्क रहेको कार्कीले बताइन् ।...
वरिष्ठ पत्रकार भैरव रिसालको निधन

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

ताजा अपडेट, समाचार
चैत २५ वरिष्ठ पत्रकार भैरव रिसालको गए राति निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनु भएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पत्रकार रिसालले मृत्युपछि आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने घोषणा गरे बमोजिम रिसालको शव पाटन अस्पताललाई दिइएको उहाँको परिवारले जनाएको छ । पत्रकार रिसालको जन्म विसं १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कारहरु प्राप्त गर्नुभएको छ । लामो समयदेखि पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार रिसाल राष्ट्रिय समाचार समिति, रेडियो सगरमाथामा काम गर्नुका साथै समाजसेवामा पनि समर्पित हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा ...
काठमाडौँको वायु आज पनि अति अस्वस्थकर

काठमाडौँको वायु आज पनि अति अस्वस्थकर

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
चैत २५ वायु प्रदूषण मापनमा आज पनि काठमाडौँ उपत्यका विश्वकै दोस्रो स्थानमा छ। सोमबार बिहान पौने ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा देखिएको हो। यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ। अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २१३ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २६० छ। त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०६ छ। चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै आएका छन्। विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च...
नेपाल १ रनले अफगास्तिानसँग हार्यो

नेपाल १ रनले अफगास्तिानसँग हार्यो

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
चैत २५ अफगानिस्तानको १९ वर्षमुनि टोलीसँगको दोस्रो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा  नेपाली युवा टोलीले हार व्यहोरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हिजो २४ गते भएको खेलमा नेपाल १ रनले पराजित भएको हो । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालका साहिल पटेलले सबैभन्दा धेरै ६४ रन बनाए । नेपालले १ सय २६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ४१ रन जोड्दा बाँकी ५ विकेट गुमायो । अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र हफीज जाद्रनले २/२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका कप्तान महबूब खानले ५८ रन बनाए । नेपालका सन्तोष यादवले ३ तथा सिबरिन श्रेष्ठ र विपिन शर्माले २र२ विकेट लिए । योसँगै अफगानिस्तानले तीन खेलको ...
द हिमांशु बुटिकले ‘डिजाइनर रनवे शिजन ५’ ल्याउदै

द हिमांशु बुटिकले ‘डिजाइनर रनवे शिजन ५’ ल्याउदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
निराजन पौडेल पाल्पा चैत्र २४ द हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर,बुटवलले “डिजाइनर रनवे शिजन ५” कार्यक्रम ल्याउने भएको छ । कार्यक्रममा नयाँ वर्षको आगमन सँगै नयाँ आशा र डिजाइनरहरुको मेहनतको सुन्दर कलालाई प्रस्तुत गरिने संस्थाकि प्रमूख हिरा पेग्नीले बताउनुभयो । महिलाहरुलाई नयाँ ज्ञान,सीप सिकाई आत्मनिर्भर बनाउनु यो संस्थाको प्रमूख उद्देश्य हो । पेग्नी भन्नुहुन्छ "आफ्नो हातमा सीप भएपछि आत्मनिर्भर बन्न सकिन्छ । बढ्दो र मौलाउदो फेसन बजारको मागलाई बुझ्न र व्यवसायीक रुपमा अंगाल्नका लागि यो सीप सबैले सिक्न अति आवश्यक रहेको छ ।" कार्यक्रममा डिजाइनरहरुको संख्या ३५ जना भन्दा बढि सहभागि हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा पाल्पाबाट मनिसा केसी र गिता सारु  सहभागि हुँदैछन् । विगत बाह्र महिना देखी उनीहरु हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरमा आबद्ध रहेका छन् । कार्यक्रम यही चैत्र २८ गते टाइगर ...
सिठ्ठी बजाउँदै शिक्षकहरू सडकमा

सिठ्ठी बजाउँदै शिक्षकहरू सडकमा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा
चैत २४ काठमाडौंमा आन्दोलनरत शिक्षकहरू आज सिठ्ठी बजाउँदै सडकमा निस्किएका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज सरकारको ध्यानाकर्षण गराउन विरोध स्वरुप र्‍यालीको क्रममा सिठ्ठी बजाउँदै आन्दोलन गरेका हुन् । शिक्षकहरूले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा नै गरेका छन् ।...
आज रामनवमी पर्व मनाइँदै

आज रामनवमी पर्व मनाइँदै

ताजा अपडेट, समाचार
चैत २३ आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक डा। रामचन्द्र गौतम रामनवमी पर्वको महत्व रामजस्तै मर्यादित, अनुशासित र राज्य सञ्चालकको कौशलतासँग जोडिएको बताउनुहुन्छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ । मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा भक्तजनको घुइँचो छ । आज जानक...
रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने

रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत २३ मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ। रुरुक्षेत्र गाउँपालिका अन्तर्गत ठूलढुङ्गा भिर पाखामा पहरो फोर्ने, सडक चौडा गर्ने लगायत कामका लागि एक महिना सम्म सडक बन्द गरिने भएका हो । सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार चैत २३ देखि आगामी वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द गरिने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गुल्मीले जनाएको छ । तम्घास रिडी सडक खण्ड बन्द भए पनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था भने गरिएको छ । रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज