रामकृष्ण र काजोलको स्वरमा ‘यो माया बसेर होकी’ गीत सार्वजनिक

चैत २५
लोकप्रिय गायक रामकृष्ण ढकाल र काजोल कार्कीको सुमधुर स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘यो माया बसेर होकी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

गीतमा कुशल सिंहको संगीत संयोजन रहेको छ । रोमान्टिक गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् । नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश भएको छ । गायक ढकालसँगको युगल गायन केमेस्ट्री मिलेको छ।

सुनील क्षेत्रीको निर्देशनमा बनेको भिडियोमा अभि वाग्लेको कोरियोग्राफी रहेको छ । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

भिडियो सार्वजनिक पश्चात आएको प्रतिक्रियाबाट काजोल कार्की उत्साहित भएकी छिन् । दर्शक श्रोताको माया अझै धेरै पाउने र भिडियोले सबैको मन जित्नेमा ढुक्क रहेको कार्कीले बताइन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज