चैत २३
मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ। रुरुक्षेत्र गाउँपालिका अन्तर्गत ठूलढुङ्गा भिर पाखामा पहरो फोर्ने, सडक चौडा गर्ने लगायत कामका लागि एक महिना सम्म सडक बन्द गरिने भएका हो ।
सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार चैत २३ देखि आगामी वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द गरिने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गुल्मीले जनाएको छ । तम्घास रिडी सडक खण्ड बन्द भए पनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था भने गरिएको छ ।
रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।