ताजा अपडेट

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत २७ जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रुपमा १० वर्षदेखि साधुको भेषधारणा गरी लुकिछिपी रहेका थिए । हत्यापश्चात फरार भएका लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्युरोका टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालत पर्सामा पेस गरिएको प्रहरीले जनाएको छ ।...
समझदारी गरौँ, राजादेखि गणतन्त्रवादी अट्ने व्यवस्था बनाऔं : लिङ्देन

समझदारी गरौँ, राजादेखि गणतन्त्रवादी अट्ने व्यवस्था बनाऔं : लिङ्देन

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
चैत २६ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक दलहरूले नयाँ समझदारी गर्नुपर्ने भन्दै प्रस्ताव गरेका छन्। मंगलबार पार्टीले आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजादेखि गणतन्त्रवादीसहित अट्ने व्यवस्था स्थापित गर्नुपर्ने प्रस्ताव गरेका हुन्। ‘सबै राजनीतिक शक्तिहरूको सहकार्यमा नयाँ समझदारीमा गरौँ। हिजोको राम्रा कुरा र अहिलेका केही राम्रा छन् त्यो पनि समेटौँ,’ उनले भने, ‘जहाँ राजादेखि अहिलेका गणतन्त्रवादी अट्नेछन्। राजा अभिवभावकीय शक्तिको रुपमा राखौँ। जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी राष्ट्रपति हुने, प्रदेश नरहेको केन्द्र सरकार र बलियो स्थानीय तह बनाऔं।’ उनले यसो गरे १० वर्षभित्रै देश विकास भएको देख्न सकिने दाबी गरे। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनपछि देशको राजनीतिक घटनक्रममा केही परिवर्तन भएको पनि बताए। राज...
प्रधानमन्त्रीले गरे शिक्षकका मागबारे छलफल

प्रधानमन्त्रीले गरे शिक्षकका मागबारे छलफल

ताजा अपडेट, शिक्षा, समाचार
चैत २६ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनबारे सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेको छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हिजो उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नेबारे कुरा भएको छ । बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानून निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चिततालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गएको चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका शिक्षकहरुले हिजोदेखि शैक्षिक हडताल थालेका छन् । विगतमा भएका सहमति कार्यान्वयनसहित विद्यालय शि...
बुटवलमा एमालेको जनसभा तयारी पूरा

बुटवलमा एमालेको जनसभा तयारी पूरा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
चैत २६ नेकपा (एमाले)ले चैत २९ गते बुटवलमा आयोजना गर्न लागेको जनसभाको अन्तिम तयारी पूरा भएको बताएको छ । मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए । गैरेले भने, “चैत २९ गतेको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ । यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर जनतालाई जागरण गर्ने कार्यक्रम हो ।” उनले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताए । “त्यसका लागि रुपन्देहीका १६ वटै पालिका कमिटी, वडा कमिटी, जनसंगठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ । ५० हजार मानिसलाई सडकमा उतार्ने गरी कार्ययोजना अगाडि बढाएका छौँ ।” एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेका अनुसार पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी ...
आज जनआन्दोलन दिवस

आज जनआन्दोलन दिवस

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
चैत २६ नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको हो । विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ ।...
पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी
चैत २६ रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलियामा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका-७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका-१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका-६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। घटनाका प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४ बिठुव...
ट्रम्पको सम्पत्ति एकै बर्षमा दोब्बर, पुग्यो ५.१ बिलियन

ट्रम्पको सम्पत्ति एकै बर्षमा दोब्बर, पुग्यो ५.१ बिलियन

ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ५.१  बिलियन डलरको कुल सम्पत्तिको साथ २०२५को फोर्ब्स अरबपतिहरूको सूचीमा ५०० औं स्थानमा आइपुगेका छन्। आफ्नो बढ्दो कानुनी समस्या र ४५४ मिलियन धोखाधडीको बोझले डोनाल्ड ट्रम्पको आर्थिक भविष्य एक वर्ष पहिले अन्धकार जस्तै देखिन्थ्यो। तर, अब फोर्ब्सका अनुसार पछिल्लो १२ महिनामा उनको सम्पत्ति दोब्बर भएको छ । ट्रम्पको आर्थिक समस्या २०२४ मा सुरु भएको थियो, जब न्यूयोर्कको एक अदालतले अनुकूल ऋण सर्तहरू सुरक्षित गर्नको लागि आफ्नो कुल सम्पत्ति बढाएकोमा उनको विरुद्धमा फैसला गरेको थियो । न्यूयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले पनि आफ्नो प्रतिष्ठित ४० वाल स्ट्रीट भवन सहितको सम्पत्ति जफत गर्ने संकेत दिएका छन्। एक पटक ट्रम्पको अनुमानित नगद ब्यालेन्स ४१३ मिलियन मात्र थियो र उनको भविष्य अनिश्चित जस्तै देखिन्थ्यो। तर, ट्रम्पले साहसका साथ लडेका थिए । उसको कानुनी टोलीले अदा...
अर्थमन्त्रीले नीलम ढुंगानालाई तोके राष्ट्र बैंकको गभर्नर

अर्थमन्त्रीले नीलम ढुंगानालाई तोके राष्ट्र बैंकको गभर्नर

अर्थ, ताजा अपडेट
चैत २५ नेपाल राष्ट्र बैंकको कायमुकायम गभर्नरको जिम्मेवारी अब डेपुटी गभर्नर नीलम ढुंगानाले सम्हालेकी छन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार, उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई यो जिम्मेवारी तोकेका हुन्। अर्थ मन्त्रालयका अनुसार, वरीयताका आधारमा ढुंगानालाई कामुको जिम्मेवारी दिइएको हो। यसअघि महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल २५ गतेमा समाप्त भएको थियो, र त्यसपछि राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा थियो। आज अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका भए तापनि, गभर्नरको स्थायी नियुक्ति अझै गरिएको छैन। नेपाल राष्ट्र बैंकले गभर्नरको जिम्मेवारी नीलम ढुंगानालाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको छ।...
शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना

शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना

ताजा अपडेट, लुम्बिनी, समाचार
चैत २५ गुल्मीको मालिका गाउँपालिका-८ मा रहेको थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि रु १० लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको छ । विद्यालय व्यवस्थापन समितिको अगुवाइमा शिक्षकलाई तलब र अन्य शैक्षिक क्रियाकलापका लागि अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषबाट प्राप्त ब्याजबाट खर्चको जोहो गर्ने गरी रकम सङ्कलन गरी ‘थानपती कल्याणकारी कोष’ स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले जानकारी दिए । अभियानबाट रु १० लाख ३४ हजार ७०० सहयोग सङ्कलन गरिएको छ । अक्षयकोषमा न्यूनतम रु एक हजार पाँच सयदेखि अधिकतम रु ५५ हजार ५५५ सम्म सहयोगप्राप्त भएको अध्यक्ष खड्काले बताए । विद्यालयले रु १५ हजारमाथि सहयोग गर्ने दाताको ताम्रापत्रमा नाम लेखिने र रु ५० हजारमाथि सहयोग गर्नेको ताम्रापत्रमा दुईपुस्ते नाम लेखिने जनाएको छ । यस अभियानमा १२७ जनाले सहयोग गरेका छन् । अक्षयकोष परिचालनका ...
मानव अधिकार आयोग जाँदै रास्वपा

मानव अधिकार आयोग जाँदै रास्वपा

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत २५ पार्टी सभापति रवि लामिछानेलाई प्रक्रिया नपुर्‍याई पक्राउ गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मानव अधिकार आयोग जाने भएको छ । पक्राउका क्रममा सामान्य प्रक्रिया पनि पालना नगरिएको भन्दै रास्वपा आयोग जाने भएको हो । सभापतिले गिरफ्तारी दिन्छु भनेर सार्वजनिक रूपमै भनेको स्थितिमा पनि बेडरूममै आएर धरपकड गरिएको रास्वपाले जनाएको छ । सुप्रिम सहकारी ठगी आरोपमा लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज