शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना

चैत २५
गुल्मीको मालिका गाउँपालिका-८ मा रहेको थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि रु १० लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको अगुवाइमा शिक्षकलाई तलब र अन्य शैक्षिक क्रियाकलापका लागि अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषबाट प्राप्त ब्याजबाट खर्चको जोहो गर्ने गरी रकम सङ्कलन गरी ‘थानपती कल्याणकारी कोष’ स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले जानकारी दिए ।

अभियानबाट रु १० लाख ३४ हजार ७०० सहयोग सङ्कलन गरिएको छ । अक्षयकोषमा न्यूनतम रु एक हजार पाँच सयदेखि अधिकतम रु ५५ हजार ५५५ सम्म सहयोगप्राप्त भएको अध्यक्ष खड्काले बताए ।

विद्यालयले रु १५ हजारमाथि सहयोग गर्ने दाताको ताम्रापत्रमा नाम लेखिने र रु ५० हजारमाथि सहयोग गर्नेको ताम्रापत्रमा दुईपुस्ते नाम लेखिने जनाएको छ । यस अभियानमा १२७ जनाले सहयोग गरेका छन् । अक्षयकोष परिचालनका लागि सात सदस्यीय समिति गठन गरिएको छ ।

एक सय २२ जना विद्यार्थी रहेको उक्त विद्यालयमा १२ जना शिक्षक छन् ।

रासस

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज