समझदारी गरौँ, राजादेखि गणतन्त्रवादी अट्ने व्यवस्था बनाऔं : लिङ्देन

चैत २६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक दलहरूले नयाँ समझदारी गर्नुपर्ने भन्दै प्रस्ताव गरेका छन्। मंगलबार पार्टीले आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजादेखि गणतन्त्रवादीसहित अट्ने व्यवस्था स्थापित गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

‘सबै राजनीतिक शक्तिहरूको सहकार्यमा नयाँ समझदारीमा गरौँ। हिजोको राम्रा कुरा र अहिलेका केही राम्रा छन् त्यो पनि समेटौँ,’ उनले भने, ‘जहाँ राजादेखि अहिलेका गणतन्त्रवादी अट्नेछन्। राजा अभिवभावकीय शक्तिको रुपमा राखौँ। जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी राष्ट्रपति हुने, प्रदेश नरहेको केन्द्र सरकार र बलियो स्थानीय तह बनाऔं।’

उनले यसो गरे १० वर्षभित्रै देश विकास भएको देख्न सकिने दाबी गरे। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनपछि देशको राजनीतिक घटनक्रममा केही परिवर्तन भएको पनि बताए।

राजावादीको उक्त प्रदर्शनमा राज्यको तर्फबाट आतंक सिर्जना गरिएको भन्दै हिंसा भड्काएको आरोप जनाए। ‘राप्रपा हिंसामा विश्वास गर्दैन। जेका लागि भए पनि हिंसाको विरोध गर्छ। १५ गते भएको हिंसाको निन्दा र खेद प्रकट गर्दछौँ’ उनले भने,’त्यो हिंसा राज्यका तर्फबाट गरिएको थियो। त्यो भन्नमा कुनै आपत्ति छैृन। कुनै पनि अराजकतामा भविष्य देख्दैनौँ, शान्तिपूर्ण दबाबबाट हाम्रो मान्यता स्थापित गर्न सक्ने विश्वासमा छौँ।’

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज