प्रधानमन्त्रीले गरे शिक्षकका मागबारे छलफल

चैत २६
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनबारे सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेको छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हिजो उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नेबारे कुरा भएको छ ।

बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानून निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चिततालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका शिक्षकहरुले हिजोदेखि शैक्षिक हडताल थालेका छन् । विगतमा भएका सहमति कार्यान्वयनसहित विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने उनीहरुको माग छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज