ट्रेन्डिङ

एमालेको योजना : वार्षिक ५ लाखलाई रोजगारी दिने

एमालेको योजना : वार्षिक ५ लाखलाई रोजगारी दिने

Breaking News 1, ट्रेन्डिङ, समाचार
फागुन ७, नेकपा (एमाले) ले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको घोषणापत्रमा वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ । रोजगार अवसर दोब्बर बनाउँदै वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउने योजना पार्टीले प्रस्तुत गरेको छ । कृषि आधुनिकीकरण, व्यवसायिक खेती, खाद्य प्रशोधन उद्योग, पूर्वाधार निर्माण, हरित उद्योग तथा सेवा क्षेत्रमा रोजगारी वृद्धि गरिने उल्लेख छ । साथै सीपमूलक शिक्षा, आईटी, डिजिटल तथा रिमोट रोजगारी विस्तार गरिने जनाइएको छ । प्रत्येक पालिकामा श्रम डेस्क स्थापना गरी श्रमिक दर्ता, सीप विकास र सामाजिक सुरक्षामा आवद्धता सुनिश्चित गर्ने तथा पाँच वर्षभित्र श्रम आय दोब्बर बनाउने योजना पनि घोषणापत्रमा समेटिएको छ । यसैगरी, भूमिहीन, सुकुम्बासी तथा न्यून आय भएका नागरिकलाई आधारभूत सेवासहित सुरक्षित र आधुनिक आवास उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।...
प्रजातन्त्र दिवसमा रामचन्द्र पौडेलको सन्देश

प्रजातन्त्र दिवसमा रामचन्द्र पौडेलको सन्देश

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट
फागुन ७, राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा शुभकामना दिँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिवसले प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । उनले लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा योगदान गर्ने तथा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधान, लोकतन्त्र र जनअपेक्षाअनुसारको सुशासन तथा तीव्र विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न सबैलाई अपिल गरे । विसं २००७ को क्रान्तिको ऐतिहासिक उपलब्धिको स्मरणस्वरूप हरेक वर्ष फागुन ७ मा मनाइने प्रजातन्त्र दिवसले जनताको बलिदानबाट स्थापित सार्वभौमसत्ता र नागरिक अधिकारको महत्त्व झल्काउने राष्ट्रपतिले उल्लेख गरेका छन् ।...
बगनासकाली ६ मा दर्जनौँ कार्यकर्ता रास्वपामा प्रवेश

बगनासकाली ६ मा दर्जनौँ कार्यकर्ता रास्वपामा प्रवेश

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
निराजन पौडेल फागुन ७ पाल्पा । बगनासकाली गाउँपालिका ६, यम्घामा पछिल्लो समय स्थानीय राजनीतिक गतिविधि सक्रिय बन्दै गएको छ । लामो समयदेखि विभिन्न दलमा आबद्ध रहेका दर्जनौँ स्थानीयवासी तथा कार्यकर्ताले आफ्नो पुरानो पार्टी परित्याग गरी हिजो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपाका क्षेत्रीय सभापति गणेश बस्यालका अनुसार नयाँ सदस्यहरू परिवर्तनमुखी सोच र विकासप्रतिको प्रतिबद्धतासहित पार्टीमा आबद्ध भएका हुन् । उनले स्थानीय तहमा पारदर्शी, जनमुखी र विकासकेन्द्रित राजनीति अघि बढाउने उद्देश्य रहेको बताए । नयाँ प्रवेश गर्ने कार्यकर्ताहरूले विगतमा अपेक्षित उपलब्धि हासिल नभएको र जनताका आवश्यकताअनुसार काम हुन नसकेको भन्दै नयाँ विकल्प रोजेको स्पष्ट पारेका छन् । उनीहरूले गाउँस्तरमा विकास, सामाजिक न्याय र सुशासन प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताएका छन् । रास्वपाले पाल्पा जि...
निर्वाचन सुरक्षामा प्रहरीको उच्च तयारी

निर्वाचन सुरक्षामा प्रहरीको उच्च तयारी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन ५, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी उच्च मनोबलका साथ चुनावी सुरक्षामा खटिएको जनाएको छ । प्रहरीका अनुसार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । प्रहरीले शंकास्पद गतिविधि देखेमा नजिकैको प्रहरी कार्यालय वा हटलाइन १०० मा जानकारी गराउन आग्रह गरेको छ । मतदान केन्द्रमा आन्तरिक सुरक्षा, मोबाइल गस्ती, रिजर्भ टोली, क्यूआरटी तथा विशेष निगरानी संयन्त्र सक्रिय रहने जनाइएको छ । प्रहरीले निर्वाचन आचारसंहिता, भीड नियन्त्रण र आपत्कालीन व्यवस्थापन लगायत विषयमा अभिमुखीकरण समेत दिएको जनाएको छ ।  ...
चुनाव सफल बनाउन राष्ट्रपतिको आह्वान

चुनाव सफल बनाउन राष्ट्रपतिको आह्वान

Breaking News 1, ट्रेन्डिङ
फागुन ५, राष्ट्रपति रामचन्द्र पौडेल ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव सफल बनाउन सबैलाई आह्वान गरेका छन् । काठमाडौंमा शेर्पा सङ्घले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ नयाँ वर्षको कार्यक्रममा उनले चुनावलाई लोकतान्त्रिक अभ्यासमा नागरिक सहभागिता सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम भन्दै सबै एक भएर लाग्न आग्रह गरेका हुन् ।...
आज तिनाउका बासिन्दासँग थापाको प्रत्यक्ष संवाद

आज तिनाउका बासिन्दासँग थापाको प्रत्यक्ष संवाद

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन ४, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आज तिनाउ गाउँपालिका का विभिन्न वडाहरूमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो । चुनावी अभियानलाई तीव्र बनाउँदै उहाँ बिहानदेखि साँझसम्म स्थानीय बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सक्रिय रहनुभएको थियो । मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा तथा भावी योजनाबारे जानकारी गराउने उद्देश्यले उहाँ निरन्तर गाउँगाउँ-टोलटोलमा पुगिरहनुभएको छ । घरदैलोका क्रममा उहाँले शिक्षा, स्वास्थ्य, कृषि र युवामुखी कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले आफ्ना समस्या तथा गुनासाहरू थापासमक्ष खुलस्त रूपमा राखेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्ने, ग्रामीण सडकहरूको स्तरोन्नति गर्नुपर्ने, खानेपानी व्यवस्थापनमा स...
राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाद्वारा निर्वाचन परिचालन समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाद्वारा निर्वाचन परिचालन समिति गठन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन ४, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीको जिल्ला कार्य समितिको बैठकले आवश्यक तयारीलाई तीव्र बनाउने उद्देश्यसहित समिति गठन गरेको हो । जिल्ला सभापति विष्णु भण्डारीको सभापतित्वमा गठन गरिएको उक्त समितिमा पार्टीका जिल्ला तथा क्षेत्रीय तहका पदाधिकारीहरूलाई समेटिएको जनाइएको छ । समितिले निर्वाचन केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै संगठनलाई वडा तहसम्म बलियो बनाउने लक्ष्य लिएको छ । क्षेत्रीय सभापति गणेश बस्यालले समितिले मतदाता शिक्षादेखि घरदैलो कार्यक्रम तथा प्रचार-प्रसारलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले विकास निर्माणका योजना र जनजीविकासँग सम्बन्धित विषय अभियानका मुख्य एजेन्डा रहनेछन् । समितिले आगामी दिनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न...
राष्ट्रिय स्वतन्त्र पार्टीको ५ वर्षे लक्ष्य सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीको ५ वर्षे लक्ष्य सार्वजनिक

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन ३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक करार’ सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने मुख्य लक्ष्यहरू घोषणा गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भए ५ वर्षभित्र मुलुकको जिडिपी १०० अर्ब डलर र प्रतिव्यक्ति आय ३,००० डलर पुर्‍याउने प्रतिबद्धता गरिएको छ। करारमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको छ भने मध्यम वर्ग विस्तार, गुणस्तरीय स्वास्थ्य-शिक्षा सुधार र एकीकृत सामाजिक सुरक्षाको योजना अघि सारिएको छ। पार्टीले ५ वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने, १५ हजार मेगावाट विद्युत् जडान क्षमता पुर्‍याउने र ३० हजार किलोमिटर सडक सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ।  ...
आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन ३, आजदेखि फागुन १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोग का अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम विशेष कार्यक्रम सुरु गरिएको हो। आयोगले जनाएको अनुसार ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। मतदातालाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार र सञ्चार क्षेत्रसँग सहयोगको अपिल गरिएको निर्वाचन आयोगले जनाएको छ ।...
आज महाशिवरात्रि पर्व मनाइँदै

आज महाशिवरात्रि पर्व मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन ३, प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी व्रत, उपवास र जाग्राम बस्ने परम्परा रहेको छ। वैदिक सनातन धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा पूजा–अर्चना गरिरहेका छन्। दूध, धतुरो र बेलपत्र चढाई उपवास तथा रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास छ। शिवरात्रिलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख गरिएको छ। महाशिवरात्रि दीनदुःखी र कष्टमा परेका जीवको हृदयमा धर्म जागृत गराउने भगवान् शिवको प्रिय दिनका रूपमा श्रद्धापूर्वक मनाइँदै आएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज