फागुन ७,
नेकपा (एमाले) ले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको घोषणापत्रमा वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ । रोजगार अवसर दोब्बर बनाउँदै वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउने योजना पार्टीले प्रस्तुत गरेको छ ।
कृषि आधुनिकीकरण, व्यवसायिक खेती, खाद्य प्रशोधन उद्योग, पूर्वाधार निर्माण, हरित उद्योग तथा सेवा क्षेत्रमा रोजगारी वृद्धि गरिने उल्लेख छ । साथै सीपमूलक शिक्षा, आईटी, डिजिटल तथा रिमोट रोजगारी विस्तार गरिने जनाइएको छ ।
प्रत्येक पालिकामा श्रम डेस्क स्थापना गरी श्रमिक दर्ता, सीप विकास र सामाजिक सुरक्षामा आवद्धता सुनिश्चित गर्ने तथा पाँच वर्षभित्र श्रम आय दोब्बर बनाउने योजना पनि घोषणापत्रमा समेटिएको छ ।
यसैगरी, भूमिहीन, सुकुम्बासी तथा न्यून आय भएका नागरिकलाई आधारभूत सेवासहित सुरक्षित र आधुनिक आवास उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।