फागुन ३,
आजदेखि फागुन १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोग का अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम विशेष कार्यक्रम सुरु गरिएको हो।
आयोगले जनाएको अनुसार ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। मतदातालाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार र सञ्चार क्षेत्रसँग सहयोगको अपिल गरिएको निर्वाचन आयोगले जनाएको छ ।