नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना- एकतालाई शक्तिको रुपमा विकास गरेर अगाडी बढ्नुपर्छ
२०८२ बैशाख ०१,
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ सालको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।
हिजो शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले नयाँ वर्षमा एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन् ।
‘जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् । यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नु पर्दछ । सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौं,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
यस्तै उनले राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत नपुग्ने भएकाले देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र सफलता पाउन सक्ने उल्लेख गरेका छन् । राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न सका...








