असोज २३ ,
आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी–१ मा गएराति सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो ।
अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।
२३ आश्विन २०८२, बिहीबार२३ आश्विन २०८२, बिहीबार२३ आश्विन २०८२, बिहीबार by Bihani PostNo Comments
असोज २३,
दुई वर्षदेखि गाजामा हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भिडिओ क्लिप्स सार्वजनिक भएको छ ।
द टाइम्स अफ इजरायलले बुधबार राति २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको आक्रमणका क्रममा हमासले विपिन अपहरण गरेको केही समयपछि खिचेको भिडिओ भन्दै सार्वजनिक गरेको हो।
इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ २०२३ नोभेम्बरमा खिचिएको विश्वास गरिएको छ।
३३ सेकेन्डको भिडिओमा जोशी अंग्रेजीमा बोलिरहेका छन्।
मेरो नाम बिपिन जोशी हो। म नेपालबाट हुँ। म २३ वर्षको भएँ। म २५ दिनअघि इजरायल आएको थिएँ। म यहाँ सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रमका लागि आएको थिएँ, म एक विद्यार्थी हुँ’, उनी भनिरहेका छन्, ‘म सिट्रस र कागती फार्ममा कृषि फार्ममा काम गर्छु।’
उक्त भिडिओसँगै उनी जीवित रहेको आशा पलाएको छ। तर त्यो भिडिओ २ वर्षअघिकै भएकाले विपिनको वर...
२२ आश्विन २०८२, बुधबार२२ आश्विन २०८२, बुधबार२२ आश्विन २०८२, बुधबार by Bihani PostNo Comments
असोज २२,
आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
२१ आश्विन २०८२, मंगलवार२१ आश्विन २०८२, मंगलवार२१ आश्विन २०८२, मंगलवार by Bihani PostNo Comments
असोज २१,
निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार मङ्सिर एक गतेदेखि १० गतेसम्म चुनावी प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ ।
फागुन २१ गते बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना शुरू गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
...
९ आश्विन २०८२, बिहीबार९ आश्विन २०८२, बिहीबार९ आश्विन २०८२, बिहीबार by Bihani PostNo Comments
असोज ९।
निराजन पौडेल, पाल्पा ।
संघीय राजधानी काठमाडौं छिर्ने मूल मार्ग हो नारायणगढ-काठमाडौं सडक । यस बीचको नारायणगढ-मुग्लिन सडक जहिले अवरुद्ध हुने गर्छ र यो बाटोबाट आउजाउ गर्ने यात्रु सधैं मारमा परेका हुन्छन् । राजधानी जाने यो मार्ग हिँउद न वर्षात् जहिल्यै पहिरो खस्ने र अवरुद्ध हुने हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । कयौं सरकार फेरिन्छन् अनि कयौं मत्रालयका मन्त्रीहरु पनि । तर यो बाटोको अवस्था अझै सुध्रिएको छैन । निरन्तरको अवरोधले सास्ती र हैरानी खेप्ने भनेको जनताले नै हो ।
केही दिनदेखि फेरि यो सडक खण्डको तुइनखोलामा पहिरो खस्यो । माथिबाट खसेको ठुल्ठुला ढुंगा सहितको पहिरोले बाटोको नाम निसाना नै बाँकी रहेन । यसले गर्दा अहिले बाटो अवरुद्ध छ । केही दिन अघि खसेको पहिरोलाई भने डोजर लगायतको सहायतामा हटाई बाटो सुचारु गरिएको थियो । पहिरो हटाएको केही समय नबित्दै फेरि उक्त ठाउँमा ठूलो पहिर...
९ आश्विन २०८२, बिहीबार९ आश्विन २०८२, बिहीबार९ आश्विन २०८२, बिहीबार by Bihani PostNo Comments
असोज ९ ।
आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना गरि मनाइदै छ । पौराणिक मान्यताअनुसार सम्पूर्ण ब्रह्माण्डमा व्याप्त जीवित तथा निर्जीव तत्त्व सबै देवी कुष्माण्डाकै कृपाले उत्पन्न भएको हो। सृष्टिको आरम्भ यिनै माताको शक्तिबाट भएको विश्वास गरिन्छ। आफ्नो बलले अण्ड ९ब्रह्माण्ड० उत्पन्न गर्न सक्ने भएकाले देवीलाई कुष्माण्डा भनिएको हो।
धार्मिक ग्रन्थअनुसार सृष्टि रचना हुनु अघि चारैतिर अन्धकार मात्र रहेको समयमा यिनै देवीले आफ्नो शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी थिइन्। त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरूपा र आदिशक्ति भनिन्छ। कुष्माण्डा मातालाई अष्टभुजा पनि भनिन्छ। यिनको आठवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, गदा र सिद्धि–निधि प्रदान गर्ने माला रहेका छन्। स...
८ आश्विन २०८२, बुधबार८ आश्विन २०८२, बुधबार८ आश्विन २०८२, बुधबार by Bihani PostNo Comments
असोज ८ ।
आज नवरात्रको तेस्रो दिन । नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीले शिरमा अर्धचन्द्र र हातमा चन्द्रधारी घण्टा भएकाले चन्द्रघण्टा नाम पाएको धार्मिक ग्रन्थमा उल्लेख छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार चन्द्रघण्टा देवीको आराधनाले शक्ति प्राप्त हुने विश्वास छ। यिनको स्वरूप पहेँलो वर्णको, शान्त र करुणामयी मानिन्छ। देवीले अत्याचारको अन्त्य गर्ने र भक्तलाई पापमोचन प्रदान गर्ने धार्मिक मान्यता छ।
नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिँदैछ। नवरात्रभर दुर्गा सप्तशती, देवीभागवत र अन्य स्तोत्र पाठ गरिन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजाको प्रसाद ग्रहण गरिन्छ।
चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन...
४ आश्विन २०८२, शनिबार४ आश्विन २०८२, शनिबार४ आश्विन २०८२, शनिबार by Bihani PostNo Comments
असोज ४,
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ।
यसअघि भदौ २८ र २९ गते सञ्चालन हुने गरी तालिका सार्वजनिक गरिएको थियो, तर देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका फेरीएको हो ।
बोर्डले परीक्षा केन्द्र पहिले नै तोकेका छ।
३ आश्विन २०८२, शुक्रबार३ आश्विन २०८२, शुक्रबार३ आश्विन २०८२, शुक्रबार by Bihani PostNo Comments
असोज ३ ।
आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदैछ। काठमाडौ टुँडिखेलमा बिहान ८:३० बजे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम हुँदैछ। सो कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। संविधान २०७२ साल असोज ३ गते घोषणा गरिएको थियो। आज सरकारले सार्वजनिक बिदा दिएको छ।...
३ आश्विन २०८२, शुक्रबार३ आश्विन २०८२, शुक्रबार३ आश्विन २०८२, शुक्रबार by Bihani PostNo Comments
असोज ३ ।
आज देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
...