फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत

असोज २१,
निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार मङ्सिर एक गतेदेखि १० गतेसम्म चुनावी प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ ।

फागुन २१ गते बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना शुरू गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज