चैत २५
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । उनलाई आज अदालत उपस्थित गराएर कारागार चलान गरिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा गत शुक्रबार उच्च अदालत बुटवल तलसीपुर इजसालले उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।
उनलाई शुक्रबार नै पक्राउ गरेर भैरहवा ल्याइएको हो ।...
२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार by Bihani PostNo Comments
निराजन पौडेल
पाल्पा
चैत्र २४
द हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर,बुटवलले “डिजाइनर रनवे शिजन ५” कार्यक्रम ल्याउने भएको छ । कार्यक्रममा नयाँ वर्षको आगमन सँगै नयाँ आशा र डिजाइनरहरुको मेहनतको सुन्दर कलालाई प्रस्तुत गरिने संस्थाकि प्रमूख हिरा पेग्नीले बताउनुभयो ।
महिलाहरुलाई नयाँ ज्ञान,सीप सिकाई आत्मनिर्भर बनाउनु यो संस्थाको प्रमूख उद्देश्य हो । पेग्नी भन्नुहुन्छ "आफ्नो हातमा सीप भएपछि आत्मनिर्भर बन्न सकिन्छ । बढ्दो र मौलाउदो फेसन बजारको मागलाई बुझ्न र व्यवसायीक रुपमा अंगाल्नका लागि यो सीप सबैले सिक्न अति आवश्यक रहेको छ ।"
कार्यक्रममा डिजाइनरहरुको संख्या ३५ जना भन्दा बढि सहभागि हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा पाल्पाबाट मनिसा केसी र गिता सारु सहभागि हुँदैछन् । विगत बाह्र महिना देखी उनीहरु हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरमा आबद्ध रहेका छन् । कार्यक्रम यही चैत्र २८ गते टाइगर ...
२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार by Bihani PostNo Comments
चैत २४
अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी-खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । घटनामा परी दुई जना घाइते भएका छन् । मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप (बलेरो) अनियन्त्रित भई दुर्घटना भएको अर्घाखाचीबाट प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ बजेर ५५ मा चिकित्सकले मृत घोषणा गरेको मल्ल जानकारी दिए । घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।...
२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार by Bihani PostNo Comments
चैत २३
मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ। रुरुक्षेत्र गाउँपालिका अन्तर्गत ठूलढुङ्गा भिर पाखामा पहरो फोर्ने, सडक चौडा गर्ने लगायत कामका लागि एक महिना सम्म सडक बन्द गरिने भएका हो ।
सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार चैत २३ देखि आगामी वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द गरिने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गुल्मीले जनाएको छ । तम्घास रिडी सडक खण्ड बन्द भए पनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था भने गरिएको छ ।
रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।...
२१ चैत्र २०८१, शुक्रबार२१ चैत्र २०८१, शुक्रबार२१ चैत्र २०८१, शुक्रबार by Bihani PostNo Comments
चैत २२
आजदेखी दोस्रो तानसेन महोत्सव हुने भएको छ। पाल्पा व्यापार संघको आयोजनामा हुने महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष विष्णुबहादुर कार्कीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।
तानसेनसहित समग्र जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि उद्योगको विकास र विस्तारमा महोत्सवले टेवा पुग्ने उनले बताए। महोत्सवमा तीन सयभन्दा बढी स्टल रहनेछन्। नेपालको पहिलो र ठूलो फिस टनेल महोत्सवमा मुख्य आकर्षकको रूपमा रहेको छ।
कृषि उत्पादन, लघु तथा घरेलु उत्पादनको प्रदर्शनी, शैक्षिक सामग्री, विभिन्न वेशभूषा, कला संस्कृति झल्किने झाँकी प्रदर्शन हुने संघका महासचिव तुलबहादुर अधिकारीले जानकारी गराए ।
तानसेन नगरपालिका मुख्य आयोजक रहेको महोत्सव को व्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि चितवनले गर्नेछ । पाँच लाख दर्शकले अवलोकन गर्ने म...
१४ चैत्र २०८१, शुक्रबार१४ चैत्र २०८१, शुक्रबार१४ चैत्र २०८१, शुक्रबार by Bihani PostNo Comments
निराजन पौडेल
चैत १५
भिमसेन टोल विकास सस्था तानसेन ६,पाल्पाको आयोजनामा खाना महोत्सव हुने भएको छ । "सडकमै खाउ सडकमै रमाउ,स्थानीय खानालाई प्रोत्साहन गरि सरस्वती मन्दिर जिर्णोद्वारमा टेवा पुर्याऔ" भन्ने नाराका साथ चैत २१ गते तानसेन भिमसेन टोल विकास सस्था महिला उपसमिति पाल्पाको आयोजनामा महोत्सव हुन लागेको हो ।
भिमसेन टोल विकास सस्थाका अध्यक्ष प्रकाश नाथ गंगोलले स्थानीय कला, संस्कृति, रहनसहन र इतिहास नै समाजका गहना भएको कुरा बिहानी पोष्ट लाई जानकारी गराउदै सस्थाका महिलाहरूले सरस्वती मन्दिरको जिर्णद्वार गर्ने उधेश्यका साथ खाना महोत्सव गर्न लागेको बताउनु भयो ।
महोत्सवमा खानाका विभिन्न परिकारसँगै महिलाहरुले उत्पादन गरेका कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरुको प्रदर्शनी साथै स्थानीय कलाकारको प्रस्तुतिमा भजन,चुड्का मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।
...
१३ चैत्र २०८१, बिहीबार१३ चैत्र २०८१, बिहीबार१३ चैत्र २०८१, बिहीबार by Bihani PostNo Comments
चैत १४
अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ ।
गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो।...
१२ चैत्र २०८१, बुधबार१२ चैत्र २०८१, बुधबार१२ चैत्र २०८१, बुधबार by Bihani PostNo Comments
चैत १३
पाल्पाको बगनासकालीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली-७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका दिलप्रसाद भट्टराईको मृत्यु भएको हो।
बुधबार बिहान ८ बजे घाँस काट्न रुखमा चढेका भट्टराई अचानक रूखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
चैत १०
श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आज बाट सुरु हुँदै छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दैछ ।
अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महत्त्वपूर्ण निर्णय गर्ने चौतारीले जनाएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताए ।‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भने ।
तीन दिनसम्म हुने महाधिवेशन को उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।...
चैत ०९
सामाजिक सेवामा आफ्नो काम लाई अगाडि बढाउदै आइरहेको नवलपरासी सेवा समाज युएईले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाज ले पश्चिम नवलपरासी स्थित बर्दघाट १० मा रहेको ज्ञानज्योती माविमा अक्षयकोष स्थापना गरेको हो । गरिब तथा जेहन्दार विद्यार्थीले लाभ लिने गरी अक्षयकोष स्थापना गरिएको संस्थाका उपाध्यक्ष अतित भुषालले जानकारी दिए । उनका अनुसार अति गरिव, अशक्त तथा जेहन्दार बिद्यार्थीलाई प्रदान गर्ने गरि ५१ हजार रुपैँयाको अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नरनाथ लामिछानेले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी हुनुका साथै गरिब तथा विपन्न बालबालिकाको लागी एउटा हौसला बनेको बताए ।
कार्यक्रममा नवलपरासी सेवा समाज युएईका उपाध्यक्ष अतित भुषाल, कोपिला सापकोटा, प्रचार-प्रसार विभाग प्रमुख मनोज पाण्डे, साँस्कृतिक विभाग प्रमुख पार्वती पङ्ग...