लुम्बिनी

महिलाहरुको लागी भाषणकला तालिम सम्पन्न

महिलाहरुको लागी भाषणकला तालिम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ  १२, बागलुङको बरेङ गाउँपालिका वडा नं १ धुल्लुबाँस्कोट बरेङमा जेठ ९ गते देखि ११ गतेसम्म चलेको महिलाहरुको लागी क्षमता वृद्धि, उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१र०८२ को नीति, योजना,तथा कार्यक्रम अनुसार विनियोजित वजेटबाट कार्यक्रमको आयोजना गरिएको वडा नं. १ को कार्यालयले जनाएको छ । ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम आयोजना गरिएको हो । प्रशिक्षक लेखन नेपाल मिडिया प्रा.लि.द्धारा सहजिकरण भएको कार्यक्रममा ५१ जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागिहरुले तालिम पाउदा खुसी व्यक्त गर्दै वडा कार्यालय लाई  धन्यबाद समेत दिएका थिए ।...
बुद्ध जयन्तीको अवसरमा नारायणडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुद्ध जयन्तीको अवसरमा नारायणडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ११, जयराम सापकोटा २६४९ओँ वुद्ध जयन्तिको अवसरमा वोद्ध महिला सेवा समिति आनन्द विहारले तानसेन नगरपालिका वडा नम्वर १ वर्याङदीको नारायणडाँडामा निशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ । तानपा १ का वडाध्यक्ष सुनिल कुमार वस्यालले व्यानर पढेर शुभारम्भ गर्नुभएको कार्यक्रममा वौद्ध महिला सेवा समितिकी अध्यक्ष शोभा शाक्यले कार्यक्रमवारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा आनन्द विहार ज्ञानमालाका अध्यक्ष सन्जयराज शाक्य, धर्मचक्र महाविहारका चुडाकर्म वर्तवन्द संघका अध्यक्ष विरेन्द्र काजी शाक्य, आर्यन विन्जु शाक्य र शोना रावल तथा स्थानिय समाज सेवी पोषकान्त वस्याल लगायतका व्यक्तित्वहरु अतिथि र विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । मिशन हस्पिटलको प्रविधिक सहयोगमा चलेको उक्त कार्यक्रममा मिशन अस्पतालका मेडिकल डा। धिरज खाती, गाइनोलिष्ट डा। सिसम सुव्वा, अर्थोपेटिक डा।सुजन शाक्य र अर्थोपेटिक डा।कृष...
डुम्रे दुग्ध कृषि सहकारी संस्थाले दुग्धजन्य पदार्थ विक्री पसल उदघाटन गर्यो

डुम्रे दुग्ध कृषि सहकारी संस्थाले दुग्धजन्य पदार्थ विक्री पसल उदघाटन गर्यो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ११, जयराम सापकोटा डुम्रे दुग्ध कृर्षि सहकारी संस्था लिमिटेडले, तानसेन १ भुसलडाँडाडा मिशन हस्पिटलको तल्लो गेट अगाडी एक समारोह विच आफ्नो दुघ तथा दुग्ध जन्य पदार्थ विक्री पसलको समुदघाटन सम्पन्न गरेको छ । तानसेन नगरपालिका वडा नं १ का वडाध्यक्ष सुनिल कुमार वस्यालले दिप प्रज्वलन गरि रीवन काटी, व्यानर पढेर उदघाट गर्नु भएको कार्यक्रममा वोल्दै कृषकहरुले उत्पादन गरेको दुध सिधै उपभोक्ता माझ पुर्याउने उदेस्य राखी संचालन गरेको यस डुम्रे दुध र दुग्ध जन्य पदार्थको विक्री पसलले सँधै उपभोक्ताको मन जित्त्दै प्रगतिको दिशामा अघि वढन सकोस भन्दै आफ्नो र वडावासीको तर्फवाट शुभकामना दिनु भएको थियो । यसै गरि कार्यक्रमका विशिष्ट अतिथि पाल्पा जिल्ला सहकारी संघका अध्यक्ष राम जि प्रसाद घिमिरेले यो दुग्ध कृषि सहकारी सँस्थाले २०५१ साल देखि जिल्लामा आफ्नो संस्था दर्ता गरि हाल सम्म गुणस्तरिय दुध,दहि,घ्यु, पनिर, खु...
महिलाहरुको लागी भाषण कला तालिम सञ्चालन

महिलाहरुको लागी भाषण कला तालिम सञ्चालन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ९, बागलुङको बरेङ गाउँपालिका वडा नं.१ धुल्लुबाँस्कोट बरेङमा आज देखी ३ दिने महिलाहरुको लागी क्षमता वृद्धि, उद्घोषण तथा भाषण कला तालिम सुरु भएको छ । ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम दिइने भएको हो । महिलाहरू आफूमा भएको बोल्ने बानीको कमजोरीलाई विकास गर्नका लागि वडा नं.१ धुल्लुबाँस्कोटको आयोजना तथा लेखन नेपाल मिडिया प्रा.लि.को सहजिकरणमा महिलाहरुको लागी उद्घोषण, भाषणकला तथा नेतृत्व विकाससम्बन्धी तालिम बरेङ सञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति, योजना,तथा कार्यक्रम अनुसार विनियोजित वजेटबाट कायर्सक्रमको आयोजना गरिएको वडा नं.१ का वडा अध्यक्ष नरसेङ पुनले जानकारी दिएका छन् । भने तालिम यही जेठ ११ गते समापन हुनेछ ।  ...
पूर्वखोलामा स्वास्थ्य शिविर : चार सय बढीले लिए सेवा

पूर्वखोलामा स्वास्थ्य शिविर : चार सय बढीले लिए सेवा

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०८, पाल्पाको पूर्वखोला गाउँपाकिाले संचालन गरेको एक दिने स्वास्थ्य शिविरमा ४ सय ५४ जनाले सेवा लिएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना तथा पूर्वखोला गाउँपालिकाको समन्वयमा चलेको विशेषज्ञसहितको शिविरमा तीन सय ५ महिला तथा एक सय ४६ जना पुरुषले सेवा लिएका हुन् । एक दिने शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, छाला तथा यौन रोग, दाँत तथा मुख स्वास्थ्य सेवा तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । जसमा छालाका विरामी एक सय २४ जना , मानसिक रोगी ४४ जना, महिला तथा प्रसूति रोगी ६६ जना, जनरल फिजिसियन एक सय ८२ र दत्त रोगी एक सय ५४ जनाले सेवा लिएको पालिकाले जनाएको छ । शिविरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रत्यक्ष निगरानी तथा विरामाीसंग भेटघाट गर्दै नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा प्रदेश सरकार गम्भीर रहेको बताए। उनले खानपान र जीवनशैली सुधार ...
आजको मौसम

आजको मौसम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०८, पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनी प्रणाली थप सक्रिय भएका कारण गएको एक हप्तादेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । यो क्रम अझै केही दिन रहने तर हिजोअस्तिको तुलनामा कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।...
नसर्ने रोग न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

नसर्ने रोग न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०७, धातानन्द शर्मा गैरे पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनको आयोजनामा तानसेन १ गैरागाउँमा ‘सङ्क्रामक तथा नसर्ने रोग न्यूनीकरण सम्बन्धी स्वास्थ्यमन्त्री कार्यक्रम’सम्पन्न भएको छ । प्रमुख अतिथि सुनिल बस्यालले ब्यानर पढेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । कार्यक्रमका अध्यक्ष पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनका निमित्त प्रमुख माधव बस्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नसर्ने रोगको मृत्युदर ७० प्रतिशत पुगेकाले यसको प्रकोप भयावह भएको र प्रकोप घट्नुको सट्टा अझ बृध्दि भइरहेको छ भन्नुभयो । उच्चरक्तचाप, मधुमेह, क्यान्सर, मृगौला रोग, थाइराइड, श्वासप्रश्वासलगायतका नसर्ने रोगको प्रकोपको प्रमुख कारण हाम्रो खानपान र जीवनशैली भएकोले रोगलाई न्यूनीकरण गर्न स्वच्छ पोषणयुक्त भोजन, योग, ध्यान, व्यायामका माध्यमबाट सक्रिय जीवनशैली अपनाएर रोगलाई टाढै राख्नुपर्छ पर्छ भन्नुभयो । भान्स...
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०७, पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता भए सँगै यसको लागि जिम्मेवारी र निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीहरुलाई सबैले अनुरोध गरेका थिए । रामपुरलाई घोषणा गरे संगै जिल्लाका आठ ...
रैनादेवीमा भ्रष्टाचार नियन्त्रण र सुशासन अन्तरक्रिया कार्यक्रम

रैनादेवीमा भ्रष्टाचार नियन्त्रण र सुशासन अन्तरक्रिया कार्यक्रम

Breaking News 1, ट्रेन्डिङ, लुम्बिनी, समाचार
जेठ ०६ पाल्पाको रैनादेवी गाउँपालिकाले भ्रष्टाचार नियन्त्रण र सुशासन अन्तरक्रिया कार्यक्रम गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजना तथा रैनादेवी छहरा गाउँपालिकाको सहजीकरणमा एक दिने स्थानीय तह स्तरीय अन्तरक्रिया गरिएको हो । कार्यक्रममा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि प्रशिक्षण दिदै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका अधिकृत मणीराम पौडेलले भ्रष्टाचार नियन्त्रणका विभिन्न विधिहरु, अख्तियारको कार्यशैली, भ्रष्टाचारको प्रवृत्ति, भ्रम, भ्रष्टाचार विरुद्धको कानुनी प्रक्रिया स्पष्ट पार्दै यसको वास्तविकतालाई पनि विस्तृत रुपमा व्याख्या गरेका थिए । तथा कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन र अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको समेत स्पष्ट पारेका थिए । अन्तरक्रियामा जनप्रतिनिधिहरु, विभिन्न सरकारी विभागका प्रमुखहरु, विद्या...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ०५, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने भएको छ । त्यसका लागि आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । बैठकले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज