जेठ १२,
बागलुङको बरेङ गाउँपालिका वडा नं १ धुल्लुबाँस्कोट बरेङमा जेठ ९ गते देखि ११ गतेसम्म चलेको महिलाहरुको लागी क्षमता वृद्धि, उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१र०८२ को नीति, योजना,तथा कार्यक्रम अनुसार विनियोजित वजेटबाट कार्यक्रमको आयोजना गरिएको वडा नं. १ को कार्यालयले जनाएको छ ।
ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम आयोजना गरिएको हो ।
प्रशिक्षक लेखन नेपाल मिडिया प्रा.लि.द्धारा सहजिकरण भएको कार्यक्रममा ५१ जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागिहरुले तालिम पाउदा खुसी व्यक्त गर्दै वडा कार्यालय लाई धन्यबाद समेत दिएका थिए ।