Breaking News 1

११५औं अन्तर्राष्ट्रिय महिला दिवस आज

११५औं अन्तर्राष्ट्रिय महिला दिवस आज

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन २४ ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउन...
प्रधानमन्त्रीबाट मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी दीक्षित

प्रधानमन्त्रीबाट मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी दीक्षित

Breaking News 1, ताजा अपडेट, विचार, शिक्षा, समाचार
फागुन २३ प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलहरुबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा नयाँ नयाँ शैक्...
जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन २२ नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
फागुन २२ आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्री पौडेलको दाबी

अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्री पौडेलको दाबी

Breaking News 1
फागुन २१ अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गरे । उनले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिए । मन्त्रालयहरु र विभिन्न निकायबीचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लि...
सुनको भाउ आज ९ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ९ सय रुपैयाँले बढ्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ब्यापार, शेयर बजार, समाचार
फागुन २१ सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ । सुनको भाउ ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति

सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति

Breaking News 1, अर्थ, समाचार
फागुन २० सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ । संघ र सरकारबीच ५ बुँदे सहमतिभएसंगै ग्यासको मुल्य बढ्ने भएको हो । मंगलबार भएको वार्तापछि ग्यासमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहित भएको छ । यो सँगै अब ग्यासको मुल्य प्रतिसिलिन्डर १९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । यस अघि सोमबार भएको छलफलमा ठोष निर्णय हुन सकेको थिएन ।  ...
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Breaking News 1, Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २० बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुुटरलाई ठक्कर दिँदा ७२ वर्षीय धनबहादुर पुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पुनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक स्कुटर चालक गुल्मी स्थायी घर भई बुटवलमा बस्दै आएका थिए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज