Breaking News 1

द हिमांशु बुटिकले ‘डिजाइनर रनवे शिजन ५’ ल्याउदै

द हिमांशु बुटिकले ‘डिजाइनर रनवे शिजन ५’ ल्याउदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
निराजन पौडेल पाल्पा चैत्र २४ द हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर,बुटवलले “डिजाइनर रनवे शिजन ५” कार्यक्रम ल्याउने भएको छ । कार्यक्रममा नयाँ वर्षको आगमन सँगै नयाँ आशा र डिजाइनरहरुको मेहनतको सुन्दर कलालाई प्रस्तुत गरिने संस्थाकि प्रमूख हिरा पेग्नीले बताउनुभयो । महिलाहरुलाई नयाँ ज्ञान,सीप सिकाई आत्मनिर्भर बनाउनु यो संस्थाको प्रमूख उद्देश्य हो । पेग्नी भन्नुहुन्छ "आफ्नो हातमा सीप भएपछि आत्मनिर्भर बन्न सकिन्छ । बढ्दो र मौलाउदो फेसन बजारको मागलाई बुझ्न र व्यवसायीक रुपमा अंगाल्नका लागि यो सीप सबैले सिक्न अति आवश्यक रहेको छ ।" कार्यक्रममा डिजाइनरहरुको संख्या ३५ जना भन्दा बढि सहभागि हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा पाल्पाबाट मनिसा केसी र गिता सारु  सहभागि हुँदैछन् । विगत बाह्र महिना देखी उनीहरु हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरमा आबद्ध रहेका छन् । कार्यक्रम यही चैत्र २८ गते टाइगर ...
रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने

रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत २३ मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ। रुरुक्षेत्र गाउँपालिका अन्तर्गत ठूलढुङ्गा भिर पाखामा पहरो फोर्ने, सडक चौडा गर्ने लगायत कामका लागि एक महिना सम्म सडक बन्द गरिने भएका हो । सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार चैत २३ देखि आगामी वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द गरिने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गुल्मीले जनाएको छ । तम्घास रिडी सडक खण्ड बन्द भए पनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था भने गरिएको छ । रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।...
आजदेखी तानसेनमा महोत्सव हुदै

आजदेखी तानसेनमा महोत्सव हुदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत २२ आजदेखी दोस्रो तानसेन महोत्सव हुने भएको छ। पाल्पा व्यापार संघको आयोजनामा हुने महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष विष्णुबहादुर कार्कीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । तानसेनसहित समग्र जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि उद्योगको विकास र विस्तारमा महोत्सवले टेवा पुग्ने उनले बताए। महोत्सवमा तीन सयभन्दा बढी स्टल रहनेछन्। नेपालको पहिलो र ठूलो फिस टनेल महोत्सवमा मुख्य आकर्षकको रूपमा रहेको छ। कृषि उत्पादन, लघु तथा घरेलु उत्पादनको प्रदर्शनी, शैक्षिक सामग्री, विभिन्न वेशभूषा, कला संस्कृति झल्किने झाँकी प्रदर्शन हुने संघका महासचिव तुलबहादुर अधिकारीले जानकारी गराए । तानसेन नगरपालिका मुख्य आयोजक रहेको महोत्सव को व्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि चितवनले गर्नेछ । पाँच लाख दर्शकले अवलोकन गर्ने म...
आजबाट शिक्षकसंघ पुन: सडक आन्दोलनमा

आजबाट शिक्षकसंघ पुन: सडक आन्दोलनमा

Breaking News 1, शिक्षा, समाचार
चैत २० नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधबारदेखि गर्न लागेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांस शिक्षक कर्मचारी सहभागी हुने उनको दाबी रहेको छ ।  ...
डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
चैत १९ नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति देखि लागू हुने गरी डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन ९आन्तरिक० तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।      
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
चैत १८ हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सफा छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
हिंसात्मक बन्यो राजावादीको आन्दोलन : तोडफोड, लुटपाट र आगजनी !

हिंसात्मक बन्यो राजावादीको आन्दोलन : तोडफोड, लुटपाट र आगजनी !

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
चैत १६ पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले शुक्रबार तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक बन्दा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ७५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यस्तै एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । शान्तिपूर्ण आन्दोलनका लागि भनेर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको थियो । तर, प्रदर्शनकारीले हिंसात्मक गतिविधि गर्दै निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायतमा तोडफोड र आगजनीलगायतका गतिविधि गरेको प्रहरीको भनाइ छ । प्रहरीले यस खालको गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइ कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै हालसम्म ५१ जना पक्राउ गरेको जनाएको छ । पक्राउ ...
तानसेनको भिमसेन टोलमा खाना महोत्सव हुने

तानसेनको भिमसेन टोलमा खाना महोत्सव हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
निराजन पौडेल चैत १५ भिमसेन टोल विकास सस्था तानसेन ६,पाल्पाको आयोजनामा खाना महोत्सव हुने भएको छ । "सडकमै खाउ सडकमै रमाउ,स्थानीय खानालाई प्रोत्साहन गरि सरस्वती मन्दिर जिर्णोद्वारमा टेवा पुर्याऔ" भन्ने नाराका साथ चैत २१ गते तानसेन  भिमसेन टोल विकास सस्था महिला उपसमिति पाल्पाको आयोजनामा महोत्सव हुन लागेको हो । भिमसेन टोल विकास सस्थाका अध्यक्ष प्रकाश नाथ गंगोलले स्थानीय कला, संस्कृति, रहनसहन र इतिहास नै समाजका गहना भएको कुरा बिहानी पोष्ट लाई जानकारी गराउदै सस्थाका महिलाहरूले सरस्वती मन्दिरको जिर्णद्वार गर्ने उधेश्यका साथ खाना महोत्सव गर्न लागेको बताउनु भयो । महोत्सवमा खानाका विभिन्न परिकारसँगै महिलाहरुले उत्पादन गरेका कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरुको प्रदर्शनी साथै स्थानीय कलाकारको प्रस्तुतिमा भजन,चुड्का मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।      ...
गणतन्त्र पक्षधर र राजावादी समूहको छुट्टा छुट्टै प्रदर्शन

गणतन्त्र पक्षधर र राजावादी समूहको छुट्टा छुट्टै प्रदर्शन

Breaking News 1, समाचार
चैत १५ काठमाडौंमा आज गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन्। प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई चुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन् ।...
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत १४ अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गम्भीर घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज