कर्णाली

तानसेनमा मादल बजाउने कार्यक्रम शुभारम्भ

तानसेनमा मादल बजाउने कार्यक्रम शुभारम्भ

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मनोरञ्जन, लुम्बिनी, विचार, समाचार
जेठ १८, जयराम सापकोटा तानसेनमा राष्ट्रियलोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पाल्पा द्वारा आयोजित ७ दिने मादल वजाउने प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको कार्यक्रममा विशिष्ठ अतिथि तथा अतिथिको रुपमा तानपा ६ का वडाध्यक्ष सागरमान महर्जन,राष्टिय स्वतन्त्रपाटीका अध्यक्ष शुमन गैरे, कानुनी सल्लाकार शिवचन्द्र देवकोटा,तानसे नगर पालिका सामुदायीक विकाश शाखा प्रमुख भरत प्रसाद आचार्य, पाल्पा व्यापार संघका वरिष्ट उपाध्यक्ष कमल ढकाल, राष्ट्रियलोक दोहोरी प्रतिष्ठानका सल्लाहाकार जय प्रकाश उप्रेती लगायतको पस्थितिमा तालिमको उदघाटन भएको कार्यक्रमका संयोजक पवन वस्यालले जानकारी दिनुभयो । समय सापेक्ष विभिन्न किसिमका सिपमुलक तालिम र प्रशिक्षण दिदै आएको राष्ट्रियलोक तथा दोहोरीगीत प्रतिष्ठानले यहि जेठ १८ गतेवाट २४...
शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, स्वास्थ्य
वैशाख ४, देशभर आगामी शनिबार र आइतबार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई खुवाउन लागिएको हो। त्यसैगरी ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइनेछ। नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने छ। पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ। आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ। अभियानमा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छ। पायक पर्ने ठाउँ स्कुल, स्वास्थ्य चौकी वा कुनै सामुदायिक भवनमा राखेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने तयारी स्थानीय तहले गरेका छन्। यो कार्यक्रम हरेक वर्ष प...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
चैत १८ हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सफा छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
राष्ट्रिय महिला फुटबल खेलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला फुटबल खेलको उपाधि एपीएफलाई

कर्णाली, खेलकुद, ताजा अपडेट, मधेस प्रदेश, समाचार
चैत १० राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनको भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । निर्धारित अवधिको खेल एक / एकको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा पुगेको थियो । एपीएफले ट्रफीसहित तीन लाख र आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपीएफले यो वर्ष लिगसहित तीन वटा उपाधि जितेको छ ।...
यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

Breaking News 2, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम
फागुन २९ राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ७ देखि हुने परीक्षामा पाँच लाख आठ हजार तीन सय नब्बे विद्यार्थीले परीक्षा दिने जानकारी दिंदै सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको जनाएको छ । यस वर्षको एसईईमा नियमिततर्फ ४ लाख ३३ हजार र ग्रेड वृद्धितर्फ ७५ हजार २४५ परिक्षार्थी सहभागी हुने भएका छन् । यसका लागि २७९ वटा परीक्षा केन्द्र तय भएको जनाइएकोे छ । यसका साथै यो बर्षदेखि सुधार गृहबाटै परीक्षा लिइने व्यवस्था पनि मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । चैत १९ सम्म परीक्षा सञ्चालन हुनेछ ।  ...
आज को मौसम

आज को मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
फागुन २८ हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल...
आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
फागुन २६ अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले हिमाली र पहाडी क्षेत्रमा मौसम बदली र तराईमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव भएकाले केही दिनदेखि काठमाण्डौ उपत्यकाहित देशका धेरै ठाउँमा बादल लाग्ने र बेलुकीपख हावाहुरीसहित छिटपुट पानी पर्ने गरेको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
फागुन २२ आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिँदै

मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिँदै

कर्णाली, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
फागुन २० मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ । व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गर्न लागिएको हो । सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरेको हो । विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ । उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमीटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने पनि उल्लेख गरिएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज