लुम्बिनी

कालीगण्डकी गाउँपालिका अध्यक्ष थापा भन्छन्: एक घर एक धारा अभियानले अब छिट्टै पूर्णता पाउँछ

कालीगण्डकी गाउँपालिका अध्यक्ष थापा भन्छन्: एक घर एक धारा अभियानले अब छिट्टै पूर्णता पाउँछ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असोज ३०, इन्द्र न्यौपाने गुल्मी । कालीगण्डकी गाउँपालिका वेद बहादुर थापाले आफू "एक घर एक धारा" कार्यक्रमा निरन्तर लागेको बताएका छन् । यस अभियानलाई अगाडि बढाउदा बाधक तत्वलहरुले बिरोध गरेता पनि आफू आफ्नो काममा निरन्तर लागी जनातालाई स्वच्छ पिउने पानीको सेवा दिन र यही क्रमले आफूलाई भावी पुस्ताले सम्झीने उनी बताउछन् । पत्रकारहरुले हाल सम्म पालीकाको भवन किन नबनेको भनी सोध्दा उनी बताउछन् अझैपनि पालिकाबासी लामो समय लगाएर पानी बोकेर खाइरहेको अवस्थामा विकासका नाममा पालिका भवन बनाउनु उचित नरहेको कुरामा जोड दिएका छन् । एक ग्रागी पानी लिएर आउदा एक बिहान जाने र हतारहतार विधालय जानु पर्ने कुरा सम्झी भाबुक हुँदै अब छिट्टै सबै ठाउँमा एक घर एक धारा कार्यक्रम पुग्ने कुरामा पालिका बासीलाई विश्वस्त हुन आग्रह गरेका छन् । निकै संघर्षका बावजुत आफ्नो पालिकालाई कसरी अगाडि बढाउन सकिन्छ र यहाँका नागरिकको जिवनस...
आजको मौसम

आजको मौसम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असोज २४, आज सामान्यतया देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि देखीएको छ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायु कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसले गर्दा देशभर मुख्यतया मौसम  सफा छ ।  ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असोज ३ । आज देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत  सम्भावना छ।  ...
आजको मौसम

आजको मौसम

Breaking News 2, लुम्बिनी, समाचार
असोज २, आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।    ...
फुलसँगै फुलेको सपना

फुलसँगै फुलेको सपना

Breaking News 2, लुम्बिनी, शिक्षा, समाचार
निराजन पौडेल भदौ २२,पाल्पा । घरको आगन, आमाको ममतामयी अंगालोे र डाडाँकाडाँ काट्दै विद्यालय जाने ती सम्झनाहरु अझै पनि उहाँको ह्रदयमा ताजै छन् । सानै उमेरमा वैदेशिक रोजगारीको यात्रामा निस्कनु भएका बगनासकाली गाउँपालिका ८ धारापानीका झबिन्द्र बस्यालको मनमा थियो 'केही वर्ष विदेशमा काम गरेर फर्किने अनि परिवार र आफ्ना सपना पुरा गर्ने ।' तर त्यो केही वर्ष भन्ने सोच झन्डै १४/१५ वर्ष विदेशी जिन्दगीमा बदलियो । सिङगापुर, कतार, साउदी,दुवै  जहाँका घाम उस्तै तातो लाग्थ्ये ,भाषाहरु फरक थिए तर श्रमको पिडा भने एउटै । आत्मनिर्भर बन्ने विउ विदेशमै पलायो ! कयौँ देशहरु चारिरहँदा दुवैमा बस्यालले फुल बगैचामा काम गर्नुभयो । बिहानदेखी बेलुकासम्म फुल रोप्ने, माटो खनजोत गर्ने, र पानी हाल्ने काममै उहाँका दिन बित्थ्ये । उहाँ भन्नुहुन्छ :- "कहिले काडा टेक्दै, कहिले नाङ्गो खुट्टाले तातो बालुवा छोईदै हिडीयो...
मोहनकन्या माविको हीरक महोत्सव सम्पन्न

मोहनकन्या माविको हीरक महोत्सव सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
भदौ १८, पाल्पा । मोहनकन्या माध्यमिक विद्यालयले ७५ वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमसहित हीरक महोत्सव सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दीप प्रज्वलन गर्दै महोत्सव उद्घाटन गर्नुभयो। उहाँले स्मारक अनावरण, हीरक द्वार उद्घाटन र (आरती स्मारिका) विमोचन गर्नुका साथै विद्यालयको छात्रावास समस्या आगामी बजेटमार्फत समाधान गर्ने आश्वासन दिनुभयो। महिलाहरू समाजका हरेक क्षेत्रमा अब्बल बन्दै गइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले मोहनकन्या विद्यालयलाई प्रदेशकै गौरव भन्दै यसलाई जोगाएर उन्नति गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । हीरक महोत्सब समारोह कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान प्रसाद श्रेष्ठको अध्यक्षता प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीको स्वागत तथा शिक्षक रिना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।   &n...
महिला सिडियो

महिला सिडियो

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
भदौ १४, पाल्पाले पहिलो पटक महिला सिडियो पाएको छ । सिडियो बिनु बज्राचार्य कुँवरले पदभार ग्रहण गर्दै सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई प्राथमिकता दिने बताएकी छिन्। सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भएर बज्राचार्य जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी हुन् ।  ...
तीज विशेष कार्यक्रम सम्पन्न

तीज विशेष कार्यक्रम सम्पन्न

लुम्बिनी
जयराम सापकोटा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पाल्पाको आयोजनामा तथा तानसेन नगरपालिका, श्री रणउजेश्वरि भगवति गुठी र पाल्पा उद्योग वाणिज्य संघको सहयोगमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। महासंघका अध्यक्ष कमलराज पौडेलको अध्यक्षता र नगर प्रवक्ता यादव सिंह कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ समूहको सहभागिता रहेको थियो। सहभागीलाई मायाको चिनो र नगद पुरस्कार प्रदान गरिएको थियो। तीज गीतको मौलिकता जोगाउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, लुम्बिनी, समाचार
भदौ ९, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव छ। हाल देशका अधिकांश स्थानमा बदली रही गण्डकी, लुम्बिनी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिनभर देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम, केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम तराई भू-भागमा हावाहुरी चल्ने संभावना पनि रहेको छ।...
पाल्पामा २५५ जनामा डेङ्गु संक्रमण

पाल्पामा २५५ जनामा डेङ्गु संक्रमण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
भदौ ८, पाल्पामा यस वर्ष हालसम्म २५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। सबैभन्दा धेरै साउन र भदौ महिनामा बिरामी बढेका हुन्। संक्रमितमध्ये १८५ जना पाल्पा भित्रका रहेका छन् भने बाँकी बाहिरी जिल्लाबाट आएका हुन्। लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै डेङ्गुका बिरामी देखिएका छन्। अन्य जिल्लामध्ये रूपन्देहीमा ८६, दाङमा ६८, गुल्मीमा ५३ र बाँकेमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। एडिस एजिप्टाइ लामखुट्टेको टोकाइबाट सर्ने यो रोग वर्षायाममा बढी फैलिने गरेको छ। ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भए पनि संक्रमणमा कमी आउन सकेको छैन। चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न सरसफाइमा ध्यान दिन र सचेत रहन सुझाव दिएका छन्। गत वर्ष पाल्पामा ४६४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज