कृषिमा आधुनिकता ल्याउदै तिनाउ
बैशाख २५, पाल्पा
तिनाउ गाउँपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा आाधुनिकता ल्याउदै छ । परम्परागत कृषि प्रणालीलाई प्रविधियुक्त, वैज्ञानिक र बजारमुखी बनाउँदै आफ्ना किसानहरूको जीवनस्तर उकास्न पालिका आधुनिकीकरणको दिशामा अघि बढेको हो ।
चालू आर्थिक वर्षमा १ सय ३४ वटा हाते ट्याक्टर बितरण गर्ने तयारी गरेको छ । यी ट्याक्टरहरू खरिद प्रक्रियाबाट खरिद गरिसकिएको र वडा तथा टोलबाट माग संकलन गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सबै ट्याक्टरहरू नेपाल सरकारको मान्यताप्राप्त र मेकानिकल इन्जिनियरहरुबाट प्रमाणित रहेको बताउदै यसवर्ष कृषि कार्यक्रम अन्तरगत १५ वटा कुटानी पिसानी मिल समेत बितरण हुदैछ । गाउँपालिकाले गोरू बिस्थापन गरी कृषिमा आधुनिकीकरण ल्याउने कार्यक्रम अगाडि सारेको अध्यक्ष श्रेष्ठले जनाउनुभयो ।
कृषिमा आधुनिकीकरणको कार्यक्रम अन्तरगत अघिल्ला वर्षहरुमा पनि तिनाउले हाते ट्याक्टर ...








