Breaking News 2

तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य

तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
माघ २१, नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।  
आठौँ बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा

आठौँ बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा

Breaking News 2, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
पुस १०, बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गतेसम्म हुने आठौँ बागलुङ महोत्सवको तयारीअन्तिम चरणमा पुगेको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्ध बागलुङ निर्माणको आधार’ भन्ने नारासहित महोत्सव बागलुङ नगरपालिका-१ बाङ्गेचौर खेलमैदानमा आयोजना हुनेछ। महोत्सवमा २०० भन्दा बढी स्टल रहनेछन् भने स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ। उद्धघाटन पुस ११ गते झाँकीसहित हुनेछ। करिब ८ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट करिब ५० लाख रुपैयाँ आम्दानी गर्ने आयोजकले जनाएको छ ।...
जातीय समता समाज बागलुङको अध्यक्षमा पुनः नरबहादुर सुनार  

जातीय समता समाज बागलुङको अध्यक्षमा पुनः नरबहादुर सुनार  

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
बागलुङ, पुस ७ - जातीय समता समाज जिल्ला समिति बागलुङको अध्यक्षमा पुनः नरबहादुर सुनार चयन भएका छन्। काठेखोला गाउँपालिका–४ तंग्राममा सम्पन्न छैठौँ जिल्ला भेलाले १५ सदस्यीय ११ पूर्ण, ४ वैकल्पिक० जिल्ला समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा रनबहादुर वि.क. सचिवमा टिका संगम वि.क., कोषाध्यक्षमा शेरबहादुर वि.क.र सहसचिवमा विष्णुकली दर्जी चयन भएका छन्। भेलापछि ५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ। भेलामा २५० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्माले जातीय विभेद अन्त्यका लागि दलित समुदायको एकताबद्ध र सशक्त आन्दोलन आवश्यक रहेको बताए।...
देशभर १० हजार ९ सय ६७ मतदानस्थल कायम

देशभर १० हजार ९ सय ६७ मतदानस्थल कायम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
पुस ५, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदानस्थल थप गरेको छ । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिने आयोगले जनाएको छ ।  ...
अमेरिकाले डीभी रोक्ने

अमेरिकाले डीभी रोक्ने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
पुस ४, अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम रोक्ने निर्णय गरेको छ। ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा र आप्रवासन प्रणाली सुधारको आवश्यकता रहेको दाबी गर्दै यो निर्णय लिएको हो। होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले तत्काल कार्यक्रम स्थगित गर्ने घोषणा गरेकी छिन्। यो निर्णय हालै ब्राउन युनिभर्सिटी र एमआईटीमा भएको गोलीकाण्डसँग जोडिएको छ। काण्डका मुख्य संदिग्ध, क्लाउडियो मानुएल नेभेस भालेन्ते, जो ९४८ वर्षका पोर्चुगिज नागरिक हुन्, सन् २०१७ मा यस कार्यक्रम मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका थिए। सन् १९९० को दशकमा सुरु भएको यस कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ।...
निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीको काम शुरू

निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीको काम शुरू

Breaking News 2, समाचार
मंसिर १५ , समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकेर कान्तिपथमा रहेको आयोगको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । नेपालमा संवैधानिक व्यवस्था बमोजिम प्रत्यक्ष र समानुपातिक गरी दुई वटा निर्वाचन प्रणाली रहेको छ । कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताउनुभयो । चुनाव सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानिकन सूत्र अनुसार अघि बढ्न उहाँको आग्रह छ ।...
एड्स अन्त्यका लागि एकजुट हुन मन्त्री गौतमको आह्वान

एड्स अन्त्यका लागि एकजुट हुन मन्त्री गौतमको आह्वान

Breaking News 2, समाचार
मंसिर १५ , विश्व एड्स दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले सन् २०३० भित्र एड्स महामारी अन्त्य गर्न सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार एचआईभी नियन्त्रणका लागि नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता अनिवार्य छ। हाल नेपालले तीनमध्ये ९०, ८८ र ७६ प्रतिशत लक्ष्य प्राप्त गरिसकेको छ। सन् २०१० यता नयाँ सङ्क्रमणदर र एड्सजन्य मृत्युदर दुवै ७६ प्रतिशतले घटेका छन्। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार देशभर करिब ३४ हजार ३३७ जनामा एचआईभी सङ्क्रमण भएको अनुमान छ।...
मेयर बालेन्द्र शाहका बुवाको निधन

मेयर बालेन्द्र शाहका बुवाको निधन

Breaking News 2, समाचार
मंसिर १५ , काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार निधन भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले दिएको जानकारीअनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। पिसाबमा संक्रमण (यूटीआई) बाट सुरु भएको समस्या शरीरभरि फैलिँदै गएपछि स्वास्थ्य अवस्था झनै जटिल बनेको बताइएको छ। स्वास्थ्य अवस्थाको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेर शाह परिवारलाई भेटेकी थिइन्। शाहको निधनप्रति विभिन्न क्षेत्रबाट शोक तथा समवेदना व्यक्त गरिएको छ।...
आजको मौसम

आजको मौसम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट
कार्तिक २०, हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटपुट पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।  ...
तिहार र छठ सकिएसँगै सरकारी कार्यालयहरुमा चहलपहल

तिहार र छठ सकिएसँगै सरकारी कार्यालयहरुमा चहलपहल

Breaking News 2, ट्रेन्डिङ, समाचार
कार्तिक ११, चाडपर्वहरु तिहार र छठ पर्व सकिएसँगै सरकारी कार्यालयहरुमा चहलपहल पनि बढेको छ । दुवै हिन्दुहरुका पर्व तिहार र छठ सकिएकोले एक हप्ता लामो विदामा बन्द भएका सरकारी कार्यालयहरुमा चहलपहल बढेको छ । यस्तै मंगलबारदेखि विद्यालयहरु पनि खुलेका छन् । योसँगै बजार तथा सदरमुकाम क्षेत्रमा चहलपहल बढेको छ । तिहार पछि शान्त बनेको निजी क्षेत्रका व्यवशाय तथा व्यापारिक क्षेत्रमा पनि चहलपहल बढेको छ । जेन जी आन्दोलनका कारण कतिपय सरकारी कार्यालयहरुका कामले दशैं एवम् तिहारसम्म पनि  गति लिन सकेको थिएन । अब भने कार्यालयहरुमा कामको तीव्रता हुन सक्ने अनुमान गर्न सकिन्छ । विशेषगरी लामो समय विदा हुने पर्वहरु सकिएकाले पनि अब सरकारी एवं अन्य कार्यहरुले तीव्रता लिने अपेक्षा गर्न सकिन्छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज