एड्स अन्त्यका लागि एकजुट हुन मन्त्री गौतमको आह्वान

मंसिर १५ , विश्व एड्स दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले सन् २०३० भित्र एड्स महामारी अन्त्य गर्न सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार एचआईभी नियन्त्रणका लागि नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता अनिवार्य छ।

हाल नेपालले तीनमध्ये ९०, ८८ र ७६ प्रतिशत लक्ष्य प्राप्त गरिसकेको छ। सन् २०१० यता नयाँ सङ्क्रमणदर र एड्सजन्य मृत्युदर दुवै ७६ प्रतिशतले घटेका छन्। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार देशभर करिब ३४ हजार ३३७ जनामा एचआईभी सङ्क्रमण भएको अनुमान छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज