मेयर बालेन्द्र शाहका बुवाको निधन

मंसिर १५ ,
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार निधन भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले दिएको जानकारीअनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। पिसाबमा संक्रमण (यूटीआई) बाट सुरु भएको समस्या शरीरभरि फैलिँदै गएपछि स्वास्थ्य अवस्था झनै जटिल बनेको बताइएको छ।

स्वास्थ्य अवस्थाको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेर शाह परिवारलाई भेटेकी थिइन्। शाहको निधनप्रति विभिन्न क्षेत्रबाट शोक तथा समवेदना व्यक्त गरिएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज