Breaking News 1

आजको मौसम कस्तो रहला

आजको मौसम कस्तो रहला

Breaking News 1, समाचार
असार १, देशका विभिन्न ठाउँमा हल्कादेखि ठूलो वर्षा भइरहेको छ । देशका अधिकांम्स ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भने कतै–कतै ठूलो पानी परेको छ । आज कोशीका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । मनसुन सक्रिय भएको र पानी पर्नेक्रम शुरु भएसँगै बाढी र पहिरोको जोखिम पनि बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।...
टोल विकास संस्थाको साधारणसभा सम्पन्न

टोल विकास संस्थाको साधारणसभा सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ३१, जयराम सापकोटा । तानसेन नगरपालिका १-स्थित खल्लुखधारा टोल विकास संस्थाको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष सुनिल कुमार वस्यालको उपस्थिति रहेको कार्यक्रममा वडा सदस्य रामप्रसाद भट्टराई, कार्यपालिका सदस्यहरू लक्ष्मी शर्मा र मन्जु विक, टोल विकास संस्था समन्वय समिति अध्यक्ष विजय प्रकाश आले तथा सचिव जयराम सापकोटा लगायत अन्य विशिष्ट अतिथि सहभागी रहेको थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष अमृता दर्नालले आफ्नो चारवर्षे कार्यकालको वार्षिक प्रतिवेदन पेश गर्दै यो खल्लुखधारा टोल विकास संस्था गठन गर्दा कैयौ चुनौतीका बिच२०७८ सालमा तानसेन नगरपालिकामा २२औँ टोल विकास संस्थाको रुपमा दर्ता भएको जानकारि गराउँदै २२ वटा टोल संस्था मध्ये आफुहरु कान्छो टोल संस्था भए पनि छोटो समयमा संस्थाले ६२ वटा नियमित वैठक र ८ वटा आकस्मिक वैठक सम्पन्न गर्दै स...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट
जेठ ३१, हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ । आज कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’

‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ ३०, भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ । जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नुपर्‍यो । एउटा दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि बज्रपात पर्छ । त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्मा...
बरेङ गाउँपलिकाको ९८औं बैठक : प्राथामिक शिक्षा र मठमन्दिरमा जोड

बरेङ गाउँपलिकाको ९८औं बैठक : प्राथामिक शिक्षा र मठमन्दिरमा जोड

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
जेठ २९, बागलुङको बरेङ गाउँपालिकाले आफ्नो ९८औ बैठक सम्पन्न गरेको छ । “समृद्ध बरेङ सुखी बरेङबासी”को दीर्घकालीन विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि गरिएका महत्वपूर्ण प्रयास, अवसर र चुनौतीहरूको समिक्षा गर्दै प्राथामिकतह शिक्षा र मठमन्दिरमा विशेष जोड दिदै पालिकाको ९८ औं गाउँ कार्यपालिका बैठक सम्पन्न भएको हो । बैठकमा शिक्षा तर्फको १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम सञ्चालन गर्दै प्रारम्भिक तहबाट नै बालबालिकाहरूलाई प्रविधिमैत्री शिक्षणको व्यवस्था गर्न लिएको नीति तथा कार्यक्रम अनुसार कक्षा ३ को स्थानीय पाठ्यक्रम सञ्चालन गर्ने, सम्पन्न भएका योजनाहरुको फरफारक कार्यलाई यथाशिग्र भुक्तानी गर्दै मिति २०८२ असारको ५ गते गाउँसभा गर्ने लगायतका निर्णयहरु गरको गाउँपालिकाले जनाएको छ । त्यस्तै पालिका भित्र रहेका विद्यालयहरु मध्ये छनौटको आधारमा आवासिय विद्यालय सञ्चालनको लागि कार्य विधि पास भएको र ...
आगामी शुक्रबार देखी पानी पर्ने सम्भावना

आगामी शुक्रबार देखी पानी पर्ने सम्भावना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ २८, अत्यधिक गर्मी बढेको पश्चिम तराईसहित देशका केही जिल्लामा पानि परे पनि पूर्वी तराईमा भने अझै वर्षा नहुँदा गर्मी  बढिरहेको छ ।  पछिल्लो १२ घण्टाको अवधिमा गण्डकी प्रदेशको धेरैजसो पहाडी क्षेत्र र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेको छ । कोशी प्रदेशका धेरैजसो ठाउँमा फैलिसकेको मनसुन शिथिल भएर अघि नबढ्दा देशभर गर्मी बढेको र अर्को सामान्य प्रणालीका कारण केही ठाउँमा पानी परेको हो । बङ्गालको खाडीमा नयाँ न्यून चापीय क्षेत्र बन्ने क्रममा रहेकोले भोलिदेखि मनसुन सक्रिय हुन थालेर पर्सि शुक्रवारदेखि पानी पर्न थाल्ने र आइतवारदेखि वर्षाको सम्भावना धेरै रहेको मौसमविद्ले बताएका छन् ।...
१४ वर्षपछि पक्राउ

१४ वर्षपछि पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ २७, १४ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त सन्त बहादुर सार्की पक्राउ परेका छन्। पाल्पा जिल्लाको साबिक चिदिपानी गाविस–७ (हाल माथागढी गाउँपालिका–१) दमर निवासी ५७ वर्षीय सार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो। सार्कीले २०६८ साल कात्तिक ११ गते राति सोही स्थानका १८ वर्षीय नरवीर नेपालीको हत्या गरी फरार भएका थिए। उनी त्यस यता भारतमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै आएको थियो। प्रहरीका अनुसार उनी यही जेठ २५ गते नेपाल फर्किने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल मल्लका अनुसार सार्कीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४९ अनुसार ६ दिनको म...
पाल्पामा भेटियो यार्सागुम्बा

पाल्पामा भेटियो यार्सागुम्बा

Breaking News 1, अर्थ, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, विचार, समाचार
जेठ २६, पाल्पाको रिमिघा लेकममा यार्सागुम्बा भेटिएको छ । रम्भा गाउँपालिका ३ स्थित रिमिघा लेकमा एक हप्ता अघि यार्सागुबा जस्तो देखिने जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको छ । डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा गरेको नमुना परीक्षणमा उक्त जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको हो। स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएपछि डिभिजन वन कार्यालयसंंगको समन्वयमा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइएको थियो । उक्त जडिबुटी फेला परेपछि पालिकाले रिमिघालेक जङ्गल प्रवेशमा रोक लगाएको थियो । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाँडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको थियो । परीक्...
तत्काल ठूलो पानी नपर्ने मौसमविद्को जानकारी

तत्काल ठूलो पानी नपर्ने मौसमविद्को जानकारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ २५. आज कोशी प्रदेशलगायत देशका अन्य ठाउँमा छिटपुट वर्षा भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । पर्सिदेखि देशका पश्चिमी भागमा पानी पार्ने प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाका मौसमविद् जनाएका छन् । यसवर्षको मनसुन कोशी प्रदेशमै रोकिदा बदली र वर्षा कम भएको महाशाखाले जनाएको छ । यस वर्ष औषत समयभन्दा १५ दिन चाँडो नेपाल भित्रिएको मनसुन दश दिनसम्म पनि अगाडि बढ्न सकेको छैन । कोशी प्रदेशमा प्रवेश गरेपछि सामान्यतया १२ देखि १५ दिनमा देशभर फैलने गर्थ्यो । गएको वर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन त्यसको १३ दिनमा अर्थात् असार १० गते देशभर फैलिसकेको थियो । अहिले मनसुनी वायुभन्दा पश्चिमी वायुको शक्ति बढी रहेकाले मनसुनी वायुलाई पश्चिमतर्फ अघि बढ्न नदिएको महाशाखाको भनाइ छ ।...
मादल बजाउने तालिम सम्पन्न

मादल बजाउने तालिम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
जेठ २४ जयराम सापकोटा । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पाले संचालन गरेको १ हप्ते मादल वजाउने तालिमको समापन तानसेन नगर प्रमुख शन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष कमल भट्टाइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २४ जना भन्दा बढिले तालिमको सातै दिन उपस्थित भएर उत्साहजनक रुपमा तालिम लिएका, र तालिम लिनेहरु थप तालिम लिन इच्छुक भएको प्रशिक्षक रुपेश कार्कीले वताउनु भयो । समापन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका संयोजक पवन वस्यालले प्रतिष्ठानले तानसेनमा पहिलो पटक मादल वजाउने तालिम संचालन गरेको र अव दोस्रो चरणमा यसलाई अझै व्यवस्थित गर्दै हार्वनियम वजाउने तालिम दिने आफुहरुको सोच रहेको जानकारि दिनुभयो । कार्यक्रममा विशिष्ठ अतिथि प्रतिष्ठानकी निवर्तमान अध्यक्ष तथा प्रदेश सदस्य रेखा थापा र पत्रकार महासंघका अध्यक्ष कमल तिमल्सिना लगायतले तालिमक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज