खेलकुद

नेपाल आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाल आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
जेठ २२, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । सो कोन पोमा रहेको हङकङ रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरू हुनेछ । नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो । हङकङमा भएको यो खेल गोलरहित बराबरीमा सकिएको थियो । आउँदो मङ्गलबार २०२७ एएफसी एशिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग पनि खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो । छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’मा रहेको हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल भने मलेशियासँग २–० ले हारेको थियो । फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा रहँदा हङकङ नेपालभन्दा २२ स्थान माथि १५३ औं स्थानम...
फेरी परे रोनाल्डो धेरै कमाउने खेलाडीको सूचीमा

फेरी परे रोनाल्डो धेरै कमाउने खेलाडीको सूचीमा

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा, समाचार
जेठ ०४, पोर्चुगलका कप्तान तथा अल नासरका खेलाडी क्रिस्टियानो रोनाल्डो लगातार तेस्रो वर्ष सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले शुक्रबार सार्वजनिक गरेको धेरै कमाउने खेलाडीको सूचनामा रोनाल्डो अगाडि रहेका हुन् । रोनाल्डोले यो वर्ष आफ्नो आम्दानी १५ मिलियन बढाएर २७५ मिलियन अमेरिकी डलर पुर्‍याएका छन् । यसपटक बास्केटबल स्टार स्टेफन करी दोस्रो स्थानमा उक्लिएका छन् । बेलायती बक्सर टाइसन फ्युरी तेस्रो र मेसी पाँचौँ स्थानमा झरेका छन् । ४० वर्षको उमेर पनि रोनाल्डो मैदानभित्र र बाहिर सक्रिय छन् । रोनाल्डो पछिल्लो दुई वर्षदेखि साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध छन् । उनको मुख्य कमाइको स्रोत नासरबाट प्राप्त गर्ने पारिश्रमिक र सम्झौता रकम हो । उनले सोसल मिडियाबाट राम्रै आम्दानी गरेका छन् । यसैकारण उनी लगातार तेस्रोपटक पनि सर्वाधिक कमाउने खेलाडी बनेका छन् । सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्ट...
नेपाली महिला टोलीले भोलिदेखि टी–२० विश्वकप एशिया छनोट खेल्दै

नेपाली महिला टोलीले भोलिदेखि टी–२० विश्वकप एशिया छनोट खेल्दै

खेलकुद, समाचार
बैशाख २५, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले भोलिदेखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ । पहिलो खेलमा भोलि नेपालले बिहान पौने ९ बजे हङकङसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा पर्सि बहराइनसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा वैशाख ३० गते फेरि हङकङसँग र जेठ १ गते बहराइनसँग खेल्नेछ । विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् ।...
२३ वर्षमुनिको एशियन कप छनोटमा नेपाल ‘पट’ ४ मा

२३ वर्षमुनिको एशियन कप छनोटमा नेपाल ‘पट’ ४ मा

खेलकुद, समाचार
बैशाख २३, एएफसी २३ वर्षमुनिको एशियन कप २०२६ कोछनोटमा नेपाल परेको छ । एशियन फुटबल महासङ्घ (एएफसी) ले हिजो सार्वजनिक गरेको ‘ड्र’ तालिकामा नेपाल ‘पट’मा ४ मा परेको हो । नेपालसहित ‘पट’ ४ मा अफगानिस्तान, बङ्गलादेश, मङ्गोलिया, गुआम, पाकिस्तान, मकाउ, ब्रुनाइ, भुटान र नर्थ मारिना आयरल्यान्ड छन् । एएफसीका अनुसार ‘ड्र’ यही ‘मे’ २९ मा मलेसियाको क्वालालम्पुरमा रहेको एएफसी मुख्यालयमा स्थानीय समयअनुसार दिउँसो २ बजे हुने छ । यस छनोट प्रतियोगितामा ४४ वटा २३ वर्षमुनिका राष्ट्रिय टोली सहभागी हुनेछन् । ती टोलीलाई ११ समूहमा विभाजन गरिनेछ । छनोट खेलहरू सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्। प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन् । आयोजक राष्ट्र साउदी भने सीधै छनोट भइसकेको छ ।...
अदिशले पाए अस्ट्रेलियामा स्वर्ण पदक

अदिशले पाए अस्ट्रेलियामा स्वर्ण पदक

खेलकुद, समाचार
बैशाख २१, नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको करार स्टेडियममा आज भएको प्रतियोगितामा अदिशले १७ वर्षमुनि उमेर समूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कुल ६ दशमलव २३ अङ्क जोडे । १० दिनको अवधिमा अदिशको यो दोस्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले २१औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको यही स्पर्धामा रजत जितेका थिए । वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको थियो । अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेशनल कलेजमा कक्षा ११ मा अध्ययनरत अदिश तेक्वान्दोको उत्कृष्ट खेलाडी हुन् ।...
 नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई

 नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई

खेलकुद
बैशाख १४ ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । ललितपुरका इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औं मिनेटमा अग्रता बनाएको थियो । खेलको ६३औं मिनेटमा पोखराले एकरएकको बराबरी गर्‍यो । उसका स्टेफन समिरले गोल गरे । खेलको ७४औं मिनेटमा ललितपुरले गोल थप्यो । त्यसपछि पोखरा खेलमा फर्कन नसक्दा ललितपुर २–१ ले विजेता बन्यो । उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ र उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए । पोखराले पहिलो पटक फाइनल खेलेको हो । ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल भएको छ ।...
आईपीएल : चेन्नईको सातौं हार, हैदराबादसँग ५ विकेटले पराजित

आईपीएल : चेन्नईको सातौं हार, हैदराबादसँग ५ विकेटले पराजित

खेलकुद
बैशाख १३, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्‌सलाई ५ विकेटले हराएको छ । शुक्रबार भएको खेलमा जीतका लागि एक सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका इशान किसनले सर्वाधिक ४४ रन बनाए । चेन्नईका नुर अहमदले दुई, खलिल अहमत, अन्सुल कम बोज र रविन्द्र जडेजाले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ५४ रन बनाएको थियो । उसका डिवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन जोडे । हैदराबादका हर्षल पटेलले चार तथा प्याट कमिन्स र जयदेव उनादकटले दुईरदुई विकेट लिए । नौ खेलमा चेन्नईको यो सातौं हार हो । चेन्नई चार अङ्कसहित पुछारमा छ । यो हारसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्लेअफमा नपुग्ने भएको छ । हैदराबाद समान नौ खेलमा ६ अङ्कसहित तालिकाको आठौं स्थानमा उक्ल...
एन्फा कप फुटबल प्रतियोगिता नहुने

एन्फा कप फुटबल प्रतियोगिता नहुने

खेलकुद, समाचार
बैशाख १२, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ । एन्फाले ‘ए’ डिभिजनका क्लब सहभागी हुने गरी वैशाख २० गतेदेखि प्रतियोगिता आयोजना गर्न चैत २५ गते नै निर्णय गरेको थियो । एएफसी क्लब च्याम्पियनशिप प्रतियोगितामा टिम पठाउने लक्ष्यसहित प्रतियोगिता गर्ने निर्णय गरेको एन्फाले जनाएको थियो । तर १४ वटा ‘ए’ डिभिजन क्लबमध्ये चार टिमले मात्र नाम दर्ता गराएपछि प्रतियोगिता आयोजना गर्न नसकिएको एन्फाले जनाएको छ । लिगकम नकआउट प्रतियोगिता नहुने भएपछि अब एएफसी क्लब च्याम्पियनशिपमा नेपाली क्लबको सहभागिता पनि नहुने भएको छ ।...
नेपाल सुपर लिगमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिगमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा

खेलकुद
वैशाख ८, नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले एफसी चितवनलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा पोखारले चितवनलाई ३-० ले हराउँदै एनएसएलको दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । अब पोखराले दोस्रो क्वालिफायरमा पर्सि धनगढी एफसीसँग फाइनल प्रवेशको लागि खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढीलाई २–१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ । तेस्रो संस्करणको एनएसएल प्रतियोगितामा एफसी चितवन ३ जीत १ बराबरी र २ हारमा १० अङ्कसहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । पोखराले २ जीत, २ बराबरी र २ हारको नतिजामा ८ अङ्क जोड्दै गोल अन्तरमा काठमाण्डौ रेजर्सलाई हराएर प्ले अफमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुने छ ।...
लुम्बिनीकप सेमिफाइनलमा प्रवेश रौतहट

लुम्बिनीकप सेमिफाइनलमा प्रवेश रौतहट

खेलकुद, ताजा अपडेट
बैशाख ८, रौतहट जिल्ला फुटबल संघको टोली लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा आइतबार घरेलु टोली बाँके–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै रौतहट सेमिफाइनलमा प्रवेश गरेको हो । रौतहटलाई जित दिलाउन जेनिफर रानामगर, समीक्षा राई तथा पियुली रोयले गोल गरे । रौतहटले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । जेनिफरको गोलमार्फत खेलको २७ औं मिनेटमा रौटहटले अग्रता लिएको थियो । सेनु परियारको पासलाई जेनिफरले उत्कृष्ट हेडर गोल गरेकी थिइन् । दोस्रो हाफको सुरुमै रौतहटले अग्रता दोब्बर बनायो । जेनिफरकै पासमा समीक्षा राईले गोल गरिन् । भारतीय खेलाडी पियुलीले ५१ औं मिनेटमा गोल गर्दा रौतहटको अग्रता ३–० मा पुग्यो । खेलमा सिम्रन राई प्लेयर अफ दि म्याच घोषित भइन् । रौतहटले फाइनल प्रवेशको लागि अब वैशाख १० गते विभागीय टो...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज