नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई

बैशाख १४
ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ ।

हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो ।

ललितपुरका इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औं मिनेटमा अग्रता बनाएको थियो । खेलको ६३औं मिनेटमा पोखराले एकरएकको बराबरी गर्‍यो । उसका स्टेफन समिरले गोल गरे ।

खेलको ७४औं मिनेटमा ललितपुरले गोल थप्यो । त्यसपछि पोखरा खेलमा फर्कन नसक्दा ललितपुर २–१ ले विजेता बन्यो ।

उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ र उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ ।

तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए । पोखराले पहिलो पटक फाइनल खेलेको हो । ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल भएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज