वैशाख ८,
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले एफसी चितवनलाई हराएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा पोखारले चितवनलाई ३-० ले हराउँदै एनएसएलको दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ ।
अब पोखराले दोस्रो क्वालिफायरमा पर्सि धनगढी एफसीसँग फाइनल प्रवेशको लागि खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढीलाई २–१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ ।
तेस्रो संस्करणको एनएसएल प्रतियोगितामा एफसी चितवन ३ जीत १ बराबरी र २ हारमा १० अङ्कसहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।
पोखराले २ जीत, २ बराबरी र २ हारको नतिजामा ८ अङ्क जोड्दै गोल अन्तरमा काठमाण्डौ रेजर्सलाई हराएर प्ले अफमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुने छ ।