आईपीएल : चेन्नईको सातौं हार, हैदराबादसँग ५ विकेटले पराजित

बैशाख १३,
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्‌सलाई ५ विकेटले हराएको छ । शुक्रबार भएको खेलमा जीतका लागि एक सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका इशान किसनले सर्वाधिक ४४ रन बनाए । चेन्नईका नुर अहमदले दुई, खलिल अहमत, अन्सुल कम बोज र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ५४ रन बनाएको थियो । उसका डिवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन जोडे । हैदराबादका हर्षल पटेलले चार तथा प्याट कमिन्स र जयदेव उनादकटले दुईरदुई विकेट लिए ।

नौ खेलमा चेन्नईको यो सातौं हार हो । चेन्नई चार अङ्कसहित पुछारमा छ । यो हारसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्लेअफमा नपुग्ने भएको छ । हैदराबाद समान नौ खेलमा ६ अङ्कसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्‌स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

पञ्जाब ८ खेलमा १० अङ्कसहित तालिकाको पाँचौं र कोलकाता समान ८ खेलमा ६ अङ्कसहित सातौं स्थानमा छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज