टी–२० विश्वकप : भारतले अमेरिकालाई हरायो

माघ २५,
भारतले टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अमेरिकालाई २९ रनले पराजित गरेको छ । अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

शनिबार राति मुम्बईस्थित वानखेडे रंगशालामा खेलिएको खेलमा भारतले २० ओभरमा नौ विकेट गुमाएर १६१ रन बनाएको थियो । जवाफमा अमेरिकी टोलीले निर्धारित ओभरमा आठ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।अमेरिकाका लागि सञ्जय कृष्णामुर्थीले सर्वाधिक ३७ र मिलिंद कुमारले ३४ रन बनाएका थिए । शुभम रन्जानेले अविजित ३७ रन बनाएका थिए ।

यसअघि भारतले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ८४ रन बनाए भने तिलक बर्माले २५ र इशान किशनले २०, अक्सर पटेलले १४ रन बनाएका थिए ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज