भदौ ०५,
अष्ट्रेलियामा जारी टप एण्ड टी–ट्वन्टी क्रिकेट श्रृंखलामा नेपालले दोस्रो जित निकालेको छ ।
हिजो भएको खेलमा मेलबर्न रेनेगड्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो ।
जवाफमा १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा अलआउट हुँदै १ सय ६ रनमा समेटियो । नेपाललाई जिताउन सोमपाल कामीले सर्वाधिक पाँच विकेट लिए । यो जितसँगै नेपालले पाँच खेलबाट चार अंक जोडेको छ । सुरुका तीन खेलमा पराजित भएको नेपालले पछिल्ला दुई खेलमा लगातार जित निकालेको हो ।