by Bihani Post
माघ २६,
नेपाल टी–२० विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा साम करनले ५ रन मात्र दिए। लोकेश बमले २० बलमा अविजित ३९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। इंग्ल्यान्डले टस जितेर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।