समाचार

आज २ हजार ७०० अङ्कले शेयर बजार बढ्यो

आज २ हजार ७०० अङ्कले शेयर बजार बढ्यो

ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
चैत २० हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८६ अङ्कले बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको छ । आज उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ५ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।...
आजबाट शिक्षकसंघ पुन: सडक आन्दोलनमा

आजबाट शिक्षकसंघ पुन: सडक आन्दोलनमा

Breaking News 1, शिक्षा, समाचार
चैत २० नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधबारदेखि गर्न लागेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांस शिक्षक कर्मचारी सहभागी हुने उनको दाबी रहेको छ ।  ...
युएईद्धारा १६६ जना नेपाली कैदीलाई आममाफी

युएईद्धारा १६६ जना नेपाली कैदीलाई आममाफी

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत २० युनाइटेड अरब इमिरेट्स (यूएई) ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा १६६ जना नेपाली कैदीलाई आममाफी दिएको छ । “पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” हिजो मंगलबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत भनेको छ । नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएईको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधमा उनीहरूलाई आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, यसअघि कतारले पनि रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको थियो ।...
आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

खेलकुद, ताजा अपडेट, समाचार
चैत १९ आज आईपीएल २०२५ मा पहिलो पटक ती दुई खेलाडी आमनेसामने हुने समय आएको छ, जसमा ५३.७५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । मतलब दुबै यस मूल्यमा खरिद गरिएको खेलाडी मैदानमा उत्रदैँछन । हामी ऋषभ पन्त र श्रेयस अय्यरको कुरा गर्दैछौं। यी दुई आईपीएल २०२५ का सबैभन्दा महँगा खेलाडी मात्रै नभएर यस लिगको इतिहासमा पनि हुन् । ऋषभ पन्तलाई लखनऊ सुपर जायन्ट्सले २७ करोडमा किनेको थियो भने जबकि पञ्जाब किंग्सले श्रेयस अय्यरलाई २६.७५ करोड भारतीय रूपैयाँमा स्विकार गरिएको थियो । आइपीएल २०२५ को १३ औँ खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जाइन्ट्सको सामना आज गर्दैछ । यो खेल आईपीएल इतिहासका दुई सबैभन्दा महँगा खेलाडीहरू बीचको भिडन्तको साक्षी पनि हुनेछ, जो आ–आफ्नो टोलीका कप्तान पनि छन्। ऋषभ पन्तको नेतृत्वमा लखनऊ सुपर जायन्ट्सको यो तेस्रो खेल हुनेछ भने श्रेयस अय्यरको पञ्जाब किंग्सले यो सिजनको दोस्रो खेल खेल्दैछन् ।...
सरकारले जिउँदै छाड्नु नै जीत : रवि लामिछाने

सरकारले जिउँदै छाड्नु नै जीत : रवि लामिछाने

समाचार
चैत १९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले जिउँदै छाड्नु नै आफ्नो जित भएको बताएका छन् । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठक मा पत्रकारहरुसंग कुरा गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई जिउँदै छाडेको भन्दै त्यही नै आफ्नो जित भएको बताए । शरीरमा एक थोपा रगत रहुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा लडिरहने उद्घोष पनि लामिछानेले गरेका छन् । गत कात्तिकमा सरकारले जबर्जस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै गिरफ्तार गरेको स्मरण गर्दै उनले षड्यन्त्रको सिलसिला अझै नसकिएको बताउदै आफूलाई फसाउन सरकारले सबै शक्ति खर्चिएको समेत उनले जिकिर गरेका थिए ।...
रुस र अमेरिकाबिच सम्बन्ध नबिग्रिएको रुसको भनाइ

रुस र अमेरिकाबिच सम्बन्ध नबिग्रिएको रुसको भनाइ

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत १९ रुसले अमेरिकाबिचको सम्बन्धमा केही कटुता देखिएपनि अमेरिकासँग काम गरिरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग रिसाएको भन्ने बताइरहँदा रुसले अमेरिकासँग हरेक विषयमा छलफल हुने गरेको जनाएको छ ।  
त्रिचन्द्र क्याम्पसमा स्ववियुको मतदान सुरु

त्रिचन्द्र क्याम्पसमा स्ववियुको मतदान सुरु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत १९ त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सुरु भएको छ । यसअघि पटकपटक स्थगित भएको चुनाव आज सुरु भएको हो ।  
सभामुखलाई भेटेर रविले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह

सभामुखलाई भेटेर रविले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह

Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार
चैत १९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पदको निलम्बन फकुवा गर्न आग्रह गरेका छन् । आज सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् । सहकारी ठगी आरोपमा पक्राउ परेपछि लामिछानेको सांसद पदबाट गत पुस ८ गते निलम्बन गरिएको थियो ।
डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
चैत १९ नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति देखि लागू हुने गरी डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन ९आन्तरिक० तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।      
अमेरिकी कर नीति सबै देशका लागि : राष्ट्रपति ट्रम्प

अमेरिकी कर नीति सबै देशका लागि : राष्ट्रपति ट्रम्प

अर्थ, ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
चैत १८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताउनुभएको छ । अप्रिल २ देखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै देशमा लागू हुने बीबीसीले जनाएको छ । नयाँ कर पहिले नै लागू भइसकेका करहरू बाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ । ट्रम्पले यसलाई अमेरिकाको मुक्ति दिवस भनेका छन् । ट्रम्पको यो घोषणापछि एशियाको शेयर बजारमा गिरावट देखिएको छ । -एजेन्सी  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज