रैनादेवी छहरा-५ का सयौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश
फागुन २,
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ अन्तर्गतका विभिन्न टोलबस्तीका सयौँ नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। स्थानीय स्तरमा लामो समयदेखि सक्रिय रहेका नेता तथा कार्यकर्ताहरू एकैसाथ रास्वपामा प्रवेश गरेपछि क्षेत्रको राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।
रास्वपा पाल्पाका सभापति विष्णु भण्डारीका अनुसार उनीहरू परिवर्तनको सन्देशसहित पार्टीमा प्रवेश गरेका हुन्। उनले रैनादेवी छहरा क्षेत्रका जनताले नयाँ सोच, नयाँ संस्कार र उत्तरदायी नेतृत्व खोजिरहेको बताउँदै रास्वपामा बढ्दो आकर्षण त्यसैको संकेत भएको प्रतिक्रिया दिएका छन्।
पार्टी प्रवेश कार्यक्रममा सहभागी नयाँ सदस्यहरूले पुराना दलबाट अपेक्षित परिवर्तन हुन नसकेको भन्दै अब रास्वपामार्फत देशमा सकारात्मक रूपान्तरणको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, स...








