Author: Bihani Post

शिक्षक आन्दोलन थप चर्काउने चेतावनी

शिक्षक आन्दोलन थप चर्काउने चेतावनी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा
बैशाख १०, नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् । २१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा हिजो मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए । उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हु...
कक्षा १२ को परीक्षा सर्‍यो

कक्षा १२ को परीक्षा सर्‍यो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
बैशाख १०, कक्षा १२ को परीक्षा सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि तय भएको परीक्षा सारेर २१ गतेदेखि तय गरेको हो । शिक्षक आन्दोलनका कारण परीक्षा सम्भव नदेखिएपछि प्रधानमन्त्रीले परीक्षा सार्न निर्देशन दिएका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलनमा छन् । सरकारले शिक्षक आन्दोलनलाई कारण देखाउँदै सरकारले अन्तिम समयमा परीक्षा रोक्दा विकटका हजारौं परीक्षार्थी अनाहकमा दुःख भोग्न बाध्य भएका छन् ।  ...
शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
वैशाख ९, शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । देशभरका शिक्षकहरूले संघीय राजधानीको सडकमा आन्दोलन चर्काएको १९ दिन पुग्दा शिक्षामन्त्री भट्टराईले राजीनामा दिएकि हुन् । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । सरकारले वैशाख १२ गतेदेखि शुरु हुने संसदको बजेट अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिँदै आन्दोलन छोड्न आग्रह गरिरहे पनि शिक्षकहरूले सडक छाडेका छैनन् । शिक्षकहरूको आन्दोलनको बीचमा शिक्षामन्त्रीले राजीनामा दिएपछि सरकारमाथि झनै दबाब थपिएको छ ।...
पवन गिरीको नयाँ म्युजिक भिडियो सार्वजनिक

पवन गिरीको नयाँ म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन
वैशाख ८, नेपाल आइडल सिजन २ का गायक पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन गिरी स्वयंकै छ । गायक पवन आफैले भिडियोको निर्देशन गरेको गितमा अभिनेत्री प्रतिभा रानीको अभिनय देख्न पाइन्छ । गीत “वास्तविकता” जीवनका यथार्थ, भोगाइ र भावनालाई आत्माबाट उब्जिएको स्वरमा अभिव्यक्त गर्न खोजिएको एक सांगीतिक यात्रा हो । झुटो मुस्कान, बनावटी सम्बन्ध र मुखौटाको भीडमा हराउँदा जीवनले दिएको चोट र सिकाइबाट जन्मिएको हिम्मतलाई गीतको केन्द्रबिन्दु बनाइएको छ ।...
नेपाल सुपर लिगमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिगमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा

खेलकुद
वैशाख ८, नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले एफसी चितवनलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा पोखारले चितवनलाई ३-० ले हराउँदै एनएसएलको दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । अब पोखराले दोस्रो क्वालिफायरमा पर्सि धनगढी एफसीसँग फाइनल प्रवेशको लागि खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढीलाई २–१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ । तेस्रो संस्करणको एनएसएल प्रतियोगितामा एफसी चितवन ३ जीत १ बराबरी र २ हारमा १० अङ्कसहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । पोखराले २ जीत, २ बराबरी र २ हारको नतिजामा ८ अङ्क जोड्दै गोल अन्तरमा काठमाण्डौ रेजर्सलाई हराएर प्ले अफमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुने छ ।...
जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु

जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वैशाख ८, जीपमा करेन्ट लागेर आगलागी हुँदा ताप्लेजुङमा चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो । करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ ।...
शिक्षकका माग आज सम्बोधन हुन सक्ने सम्भावना !

शिक्षकका माग आज सम्बोधन हुन सक्ने सम्भावना !

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
बैशाख ८, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ। सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले ती माग पूरा गरे शिक्षक महासंघको आन्दोलन भोलि नै रोकिने छ । शिक्षकहरूको ग्रेड मिलान, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, शिक्षक अस्पताल खोल्ने, उपचार खर्च दिने, शिक्षकहरूको मर्यादाक्रम तोक्ने, अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित गर्ने, राहत शिक्षकको दुर्गम भत्तालगायतका विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सहमति शिक्षक महासंघसँग भएको जनाइएको छ । त्यति माग पूरा भए आन्दोलन फिर्ता लिने वचन शिक्षकमहासघंको भनाइ छ । शिक्षक आन्दोलनले नयाँ शैक्षिकसत्र सञ्चालन रोकिएको छ। ७० लाख विद्यार्थीको शैक्षिक गतिविधि ठप्प बनेको छ। भने वैशाख २ गतेदेखि सञ्चालन हुने भर्ना अभियान सुरु हुन सकेको छैन ।...
लुम्बिनीकप सेमिफाइनलमा प्रवेश रौतहट

लुम्बिनीकप सेमिफाइनलमा प्रवेश रौतहट

खेलकुद, ताजा अपडेट
बैशाख ८, रौतहट जिल्ला फुटबल संघको टोली लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा आइतबार घरेलु टोली बाँके–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै रौतहट सेमिफाइनलमा प्रवेश गरेको हो । रौतहटलाई जित दिलाउन जेनिफर रानामगर, समीक्षा राई तथा पियुली रोयले गोल गरे । रौतहटले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । जेनिफरको गोलमार्फत खेलको २७ औं मिनेटमा रौटहटले अग्रता लिएको थियो । सेनु परियारको पासलाई जेनिफरले उत्कृष्ट हेडर गोल गरेकी थिइन् । दोस्रो हाफको सुरुमै रौतहटले अग्रता दोब्बर बनायो । जेनिफरकै पासमा समीक्षा राईले गोल गरिन् । भारतीय खेलाडी पियुलीले ५१ औं मिनेटमा गोल गर्दा रौतहटको अग्रता ३–० मा पुग्यो । खेलमा सिम्रन राई प्लेयर अफ दि म्याच घोषित भइन् । रौतहटले फाइनल प्रवेशको लागि अब वैशाख १० गते विभागीय टो...
निजी विधालयलाई पनि आन्दोलनमा आउन महासंघको आग्रह

निजी विधालयलाई पनि आन्दोलनमा आउन महासंघको आग्रह

Breaking News 1, ताजा अपडेट, शिक्षा
बैशाख ७, पछिल्लो १९ दिनदेखि काठमाडौंका सडकमा प्रदर्शनमा रहेको शिक्षक महासंघले आन्दोलनमा साथ दिन निजी विद्यालयहरूलाई पनि आग्रह गरेको छ। सामुदायिक विद्यालयका शिक्षक प्रतिनिधिहरू विद्यालय नै बन्द गराएर काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला निजी विद्यालयमा भने शैक्षिक सत्र सुरु भइसकेको छ। महासंघले विज्ञप्ति नै निकालेर निजी विद्यालय सञ्चालकहरूलाई केही समयका लागि शैक्षिक गतिविधि बन्द गरी आन्दोलनमा साथ दिन भनेको हो। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा अनुरोध छ।’ कक्षा १२ को परीक्षामा संलग्न नहुन सबैमा अपिल गर्दै महासंघले आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका कुनै पनि क्रियाकलाप नगर्न शिक्षक,...
गणतन्त्र पक्षमा उभिन तीन शिर्ष नेताको आह्वान

गणतन्त्र पक्षमा उभिन तीन शिर्ष नेताको आह्वान

ताजा अपडेट, समाचार
वैशाख ७, तीन राजनीतिक दलका शिर्ष नेताहरुले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा ऐक्यवद्धता जनाएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकमा समसामयिक राजनीतिक तथा विद्यमान परिस्थितिको छलफल भएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागि रहेका थिए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज