निजी विधालयलाई पनि आन्दोलनमा आउन महासंघको आग्रह

बैशाख ७,
पछिल्लो १९ दिनदेखि काठमाडौंका सडकमा प्रदर्शनमा रहेको शिक्षक महासंघले आन्दोलनमा साथ दिन निजी विद्यालयहरूलाई पनि आग्रह गरेको छ। सामुदायिक विद्यालयका शिक्षक प्रतिनिधिहरू विद्यालय नै बन्द गराएर काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला निजी विद्यालयमा भने शैक्षिक सत्र सुरु भइसकेको छ।

महासंघले विज्ञप्ति नै निकालेर निजी विद्यालय सञ्चालकहरूलाई केही समयका लागि शैक्षिक गतिविधि बन्द गरी आन्दोलनमा साथ दिन भनेको हो। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा अनुरोध छ।’

कक्षा १२ को परीक्षामा संलग्न नहुन सबैमा अपिल गर्दै महासंघले आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका कुनै पनि क्रियाकलाप नगर्न शिक्षक, कर्मचारीहरूलाई निर्देशन पनि दिएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज