पवन गिरीको नयाँ म्युजिक भिडियो सार्वजनिक

वैशाख ८,
नेपाल आइडल सिजन २ का गायक पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक भएको छ ।

गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन गिरी स्वयंकै छ । गायक पवन आफैले भिडियोको निर्देशन गरेको गितमा अभिनेत्री प्रतिभा रानीको अभिनय देख्न पाइन्छ ।

गीत “वास्तविकता” जीवनका यथार्थ, भोगाइ र भावनालाई आत्माबाट उब्जिएको स्वरमा अभिव्यक्त गर्न खोजिएको एक सांगीतिक यात्रा हो ।

झुटो मुस्कान, बनावटी सम्बन्ध र मुखौटाको भीडमा हराउँदा जीवनले दिएको चोट र सिकाइबाट जन्मिएको हिम्मतलाई गीतको केन्द्रबिन्दु बनाइएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज