वैशाख ७,
तीन राजनीतिक दलका शिर्ष नेताहरुले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा ऐक्यवद्धता जनाएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकमा समसामयिक राजनीतिक तथा विद्यमान परिस्थितिको छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागि रहेका थिए ।