शिक्षकका माग आज सम्बोधन हुन सक्ने सम्भावना !

बैशाख ८,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ। सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले ती माग पूरा गरे शिक्षक महासंघको आन्दोलन भोलि नै रोकिने छ ।

शिक्षकहरूको ग्रेड मिलान, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, शिक्षक अस्पताल खोल्ने, उपचार खर्च दिने, शिक्षकहरूको मर्यादाक्रम तोक्ने, अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित गर्ने, राहत शिक्षकको दुर्गम भत्तालगायतका विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सहमति शिक्षक महासंघसँग भएको जनाइएको छ । त्यति माग पूरा भए आन्दोलन फिर्ता लिने वचन शिक्षकमहासघंको भनाइ छ ।

शिक्षक आन्दोलनले नयाँ शैक्षिकसत्र सञ्चालन रोकिएको छ। ७० लाख विद्यार्थीको शैक्षिक गतिविधि ठप्प बनेको छ। भने वैशाख २ गतेदेखि सञ्चालन हुने भर्ना अभियान सुरु हुन सकेको छैन ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज