जेठ २२
आज नेपाली बजारमा सुनको भाउ हिजोजस्तै तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
२१ जेष्ठ २०८२, मंगलवार२१ जेष्ठ २०८२, मंगलवार२१ जेष्ठ २०८२, मंगलवार by Bihani PostNo Comments
जेठ २०,
जयराम सापकोटा-
ऐतिहासिक शहर तानसेन वडा नं. ३ भगवति टोल स्थित परम्पराको सिद्धमुभी वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा अठारपुराणको वार्षिक अनुष्ठान अन्तरगत यसवर्ष वराहपुराण, नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य जुनाअखडा महामन्डलेश्वर माता हेमानन्द गिरीजी महाराजवाट प्रवचनहुने ज्ञानमहायज्ञको कलशयात्रा तथा समुदघाटन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
तानसेन नगरप्रमुख शन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त यज्ञशुभारक्भ कार्यक्रमा महामन्डलेश्वर माता हेमानन्द गिरी माहराज सहित अनन्त विभुषित ध्यानी बाबा तथा कृण्णचरित्रवान चैतन्यमहाप्रभु लगायत अन्य धार्मीक सामाजिक र राजनैतिक अभियान्ता हरुको उपस्थिति रहेको थियो । शप्ताह ज्ञानमहायज्ञको शुभारम्भमा २२ वटा भन्दा वढि टोल विकाश संस्था, आरती भजनमन्डली, ॐशान्ती परिवार र महिला पन्चेवाजा शहित करिव पाँचसय भन्दा वढि भक्तजनहरुले वाजा गाज...
२० जेष्ठ २०८२, सोमबार२० जेष्ठ २०८२, सोमबार२० जेष्ठ २०८२, सोमबार by Bihani PostNo Comments
जेठ १९,
आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशी प्रदेशमा आइपुगेको मनसुन अब केही दिन अघि नबढ्ने देखिएको छ । अबको तीन दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
...
१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार by Bihani PostNo Comments
जेठ १८,
जयराम सापकोटा
तानसेनमा राष्ट्रियलोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पाल्पा द्वारा आयोजित ७ दिने मादल वजाउने प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको कार्यक्रममा विशिष्ठ अतिथि तथा अतिथिको रुपमा तानपा ६ का वडाध्यक्ष सागरमान महर्जन,राष्टिय स्वतन्त्रपाटीका अध्यक्ष शुमन गैरे, कानुनी सल्लाकार शिवचन्द्र देवकोटा,तानसे नगर पालिका सामुदायीक विकाश शाखा प्रमुख भरत प्रसाद आचार्य, पाल्पा व्यापार संघका वरिष्ट उपाध्यक्ष कमल ढकाल, राष्ट्रियलोक दोहोरी प्रतिष्ठानका सल्लाहाकार जय प्रकाश उप्रेती लगायतको पस्थितिमा तालिमको उदघाटन भएको कार्यक्रमका संयोजक पवन वस्यालले जानकारी दिनुभयो ।
समय सापेक्ष विभिन्न किसिमका सिपमुलक तालिम र प्रशिक्षण दिदै आएको राष्ट्रियलोक तथा दोहोरीगीत प्रतिष्ठानले यहि जेठ १८ गतेवाट २४...
१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार by Bihani PostNo Comments
जेठ १८,
गायक पृथ्वी खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक भएको छ । गीतमा गायक खनालको शब्द तथा संगीत रहेको छ ।
गायिका इन्द्रकला राईको स्वर रहेको छ । उनलाई विकास थारुले साथ दिएका छन् । गीतमा संगीत संयोजन साहस शाक्यले गरेका छन् ।
‘मन सानो’ गीतको भिडियो लोकेन्द्र सुब्बा निर्देशन गरेका छन् । भिडियोमा रोश्नी कार्की र गायक खनालको अभिनय गरेको छ ।...
१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार by Bihani PostNo Comments
जेठ १८,
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।...
१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार by Bihani PostNo Comments
जेठ १८,
जयराम सापकोटा
तानसेन ३ स्थित वद्रेश्वर शिवालयधाममा यहि २०८२ जेठ १९ गते देखी २५ गते सम्म संचालन हुने वराहपुराणको पुर्वसंन्ध्यामा वद्रेश्वर शिवालय धाम व्यवस्थापन समितिको विस्तारित वैठक विभिन्न निर्णयका साथ सम्पन्न भएको छ ।
वद्रेश्वर शिवालय धामकी अध्यक्ष सरस्वती शर्मा वस्यालको अध्यक्षतामा वसेको धार्मिक सरोकारवालाको वैठकले नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गिरी ज्युद्वारा कथा वाचनहुने उक्त ज्ञानमहायज्ञलाई कसरि व्यवस्थित गर्रि सम्पन्न गर्ने भन्ने वारेमा केन्द्रित भएको वैठकले महापुराण सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गरेर कामको जिम्वेदारी वाँडफाँण गरेको छ ।
जसमा कलशयात्रा सहितको र्रेलीका लागी पत्राचार गरिएका ७२ भन्दा वढि टोल संथावाट आउने झाकीर्यालीको दर्ता तथा लाइन व्यवस्थापनमा जयराम सापकोटा, नगरपरिक्रमा को रेली व्यवस्थापनका लागी शालिकराम वस्याल, कलस व्...
१८ जेष्ठ २०८२, शनिबार१८ जेष्ठ २०८२, शनिबार१८ जेष्ठ २०८२, शनिबार by Bihani PostNo Comments
जेठ १७
आज विश्व धूमपानरहित दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा देशको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ ।
त्यस्तै नेपालमा हरेक वर्ष ३८ हजार जनाको सुर्तीजन्य पदार्थ तथा धूमपानका कारणले ज्यान जाने गरेको छ । चुरोट, बिँडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खालगायतमा हुने निकोटिन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट, हरेक वर्ष एक महिना र ५० वर्षमा चार वर्ष घटाउने गरेको छ । धूमपानले क्यान्सरसहित अन्य रोगको जोखिम बढाउने गरेको पाइएको छ ।
क्यान्सरमा ९० प्रतिशत भन्दा धेरै मुखको अनि ८५ प्रतिशत फोक्सो, स्वरयन्त्र, अन्ननली, मुत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर, स्तन क्यान्सरको कारक धूमपान रहेको स्वास्थ विज्ञहरुको भनाई छ ।
क्यान्सर...
१५ जेष्ठ २०८२, बुधबार१५ जेष्ठ २०८२, बुधबार१५ जेष्ठ २०८२, बुधबार by Bihani PostNo Comments
जेठ १४,
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।...
१५ जेष्ठ २०८२, बुधबार१५ जेष्ठ २०८२, बुधबार१५ जेष्ठ २०८२, बुधबार by Bihani PostNo Comments
जेठ १४,
नेपालमा फेरि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा सातजनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
पछिल्लो समय भारत र चीन लगायतका देशमा संक्रमण बढिरहेका बेला नेपालमा पनि सातजनालाई पुष्टि भएको हो ।