फागुन २७,
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड सात लाख २० हजार ५६७ मतगणना भएको छ ।
जसमा, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ ।
मतगणना जारी छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।
२६ फाल्गुन २०८२, मंगलवार२६ फाल्गुन २०८२, मंगलवार२६ फाल्गुन २०८२, मंगलवार by Bihani PostNo Comments
फागुन २६,
नेपाली काँग्रेसका सभापति गगन थापा राजीनामा दिने मनस्थितिमा पुगेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर परिणामपछि राजीनामा दिने मनस्थितिमा उनी पुगेका हुन् ।
थापाले आज राजीनामा दिनेबारे उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् ।
तर उपसभापति शर्माले भने चुनावी हारको जिम्मा कुनै एक व्यक्तिमाथि मात्र नथोपर्नुपर्ने र अहिले सभापतिले राजीनामा दिँदा पार्टी झनै अप्ठ्यारो अवस्थामा पर्न सक्ने भन्दै उनलाई यस्तो निर्णय नगर्न सुझाव दिएका छन् ।...
१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार by Bihani PostNo Comments
फागुन १८,
नेकपा एमालेबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले युवाहरूलाई स्वदेशमै बस्ने र स्वरोजगार बन्ने वातावरण निर्माणका लागि आफूले नीतिगत तहमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ । चुनावी अभियानलाई तीव्र पार्दै तानसेन–१४ को अर्गली र तानसेनका विभिन्न वडामा पुग्नुभएका उहाँले बढ्दो युवा पलायन र बसाइँसराईँ आजको मुख्य चुनौती रहेको बताउँदै त्यसको समाधानका लागि कृषिमा आधुनिकीकरण र पूर्वाधार विकासमा जोड दिने बताउनु भएको हो ।
मतदातको घरदैलोमा पुगेर उम्मेदवार गैरेले संविधान रक्षाका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले एमाले केवल सरकार बनाउने वा पद हासिल गर्ने उद्देश्यका लागि नभई मुलुकको जटिल अवस्थाबाट निकास दिन निर्वाचनमा होमिएको बताउनुभयो । यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभएर देशको भविष्य र राष्ट्रिय हितसँग जोडिएको ऐतिहासिक अवसर रहे...
१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार by Bihani PostNo Comments
फागुन १८,
२०७९ सालको निर्वाचनताका निस्दी गाउँपालिका विद्युतविहीन रहेको विषयले व्यापक चर्चा पाएको थियो । तर जनताको अटल विश्वास र बलियो जनमतका आधारमा निर्वाचित प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यको पहलपछि निस्दी मात्र होइन, समग्र पाल्पा जिल्लालाई पूर्ण विद्युतीकरणतर्फ उन्मुख गराउने कामले गति लिएको छ । अँध्यारो गाउँ–बस्ती उज्यालो बनाउने प्रतिबद्धता व्यवहारमा रूपान्तरण भएको दाबी उहाँले गर्नुभएको छ ।
चुनावी प्रचारप्रसार अभियानमा जनताको घरदैलोमा पुग्नुभएका आचार्यले रामपुर–मित्याल–आरुणखोला सडकमा पछिल्ला ती आर्थिक वर्षमा आर्थिक वर्षमा निरन्तर संघीय बजेट विनियोजन भई निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो । विभिन्न खण्डमा स्तरोन्नति, आवश्यक पुल निर्माण तथा संरचनागत सुधारमा आफ्नो सक्रियता निरन्तर रहेको दावी उहाँको छ । त्यस्तैगरी आर्यभञ्ज्याङ-रामपुर सडकका लागि संघ र प्रदेश दुवै सरकार...
१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार१८ फाल्गुन २०८२, सोमबार by Bihani PostNo Comments
फागुन १८,
फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ ।
आज मानिसहरु विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङगिएर बाजागाजाका साथ नाचगान गर्दै आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।
सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ । पहाडमा आज र तराईमा भोलि होली मनाइन्छ ।...
१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार by Bihani PostNo Comments
फागुन १७,
प्रतिनिधिसभाका लागि पाल्पा क्षेत्र नम्बर-२ का रुख चिन्हका उम्मेद्धार हिमालदत्त श्रेष्ठ चुनावी अभियान अन्तरगत घरदैलोको क्रममा पाल्पाली मतदाताको अथाह माया पाएको बताउनुभएको छ । उहाँ घरदैलोको अभियानको अन्तिम तयारीमा रहेको अबस्थामा पाल्पा २ का आमाबुबा दाजुभाइ दिदीबहिनीहरुको माया स्वरुप रुख चिन्हमा मतदान गरि बिजयी सुनिश्चित गरिदिनुभएको बताउनुभएको छ । आम पाल्पा २ का मतदाताहरुमा रुख चिन्हमा मतदान गर्न आतुर भएकाले आफ्नो जित सुनिश्चित भईसकेको उहाँले बताउनुभएको छ ।
उहाँ यस क्षेत्रका समग्र युवा तथा ज्येष्ठ नागरिकको साझा उम्मेद्धारका रुपमा रहि सबै मतदाताको आशिर्वाद लिइरहुनभएको छ । जेनजी युवाहरुको भावना बुझ्ने र युवा समुहको प्रतिनिधित्व गर्ने शसक्त युवा उम्मेद्धारको रुपमा श्रेष्ठ प्रस्तुत हुनुभएको छ । उहाँले बजारको भोगाई र गाउँको समस्या नजिकबाट नियाल्नुभएको छ । उहाँ बजार क्षेत्र र ग्रामिण ...
१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार by Bihani PostNo Comments
फागुन १७,
नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले चिदीपानीको समग्र विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा शनिबार माथागढी गाउँपालिका वडा नं. १, चिदीपानी पुग्नुभएका नेता गैरेले मतदाताहरूसँगको भेटघाटमा यस्तो बताउनुभएको हो ।
मतदाताहरूलाई सम्बोधन गर्दै गैरेले चिदीपानी क्षेत्रको कृषि र यातायातलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “चिदीपानीको फाँट क्षेत्रमा सिंचाइ सुविधा पु¥याउन र सडक तथा पुल निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा कामहरू भइरहेका छन्,” उहाँले भन्नुभयो, “यी आयोजनाहरूलाई पूर्णता दिन नेकपा एमालेको जित आवश्यक छ ।”
शिक्षा क्षेत्रको विकासबारे बोल्दै उम्मेदवार गैरेले चिदीपानीस्थित सौभाग्य माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षाको के...
१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार by Bihani PostNo Comments
फागुन १७,
नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायणप्रसाद आचार्यले आफ्नो क्षेत्रको अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन र समृद्धिको लक्ष्य भेट्न एमालेको विजय अनिवार्य रहेको बताउनुभएको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि मत र आर्शीवाद लिन रम्भा र रामपुर क्षेत्रका मतदाता समक्ष पुग्नुभएका उहाँले एमाले र आफूले जित्दा समग्र देश र यस क्षेत्रका जनताको जित हुने दाबी गर्नुभयो ।
घरदैलो र चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिनुभएका उम्मेदवार आचार्यले मुख्य गरी शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई आफ्नो प्राथमिकताको सूचीमा राखेर काम गर्दै आएको र आगमाी दिनमा पनि आवश्यकताका आधारमा कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले प्रत्येक पालिकामा कम्तीमा एक-एक वटा ’नमुना विद्यालय’ स्थापना गर्ने, सहिद बहुमुखी क्याम्पस रामपुरलाई नेतृत्वदायी शैक्षिक संस्था बनाउ...
१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार by Bihani PostNo Comments
निराजन पौडेल
फागुन १७, पाल्पा ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो अभियान तीव्र रूपमा अगाडि बढिरहेको छ । नेता तथा कार्यकताहरु गाउँगाउँ-टोलटोलमा पुग्दा नागरिकहरूमा छुट्टै किसिमको उत्साह र उमङ्ग देखिएको क्षेत्रीय सभापति गनेश बस्यालले जनाउनुभयो ।
बस्यालका अनुसार पुराना दलप्रति बढ्दो निराशाका कारण मतदाता नयाँ विकल्पको खोजीमा छन् । देशभर जस्तै पाल्पामा पनि ठूलो संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएका छन् । निर्वाचनको दिन आउन अब मात्र चार दिन बाँकी छ मतदाताहरू घण्टी चिन्हमा मतदान गर्न आतुर देखिएको उहाँले बताउनुभयो ।
यसैबीच, हिजो बगनासकाली गाउँपालिका अन्तर्गत चितुङगधारा, गाप्टुङ्ग त्यस्तै गरि रिब्दीकोट गाउँपालिका को ठिमूरे, लम्बास, प्याराचौर, घोर्लीखर्क हुँदै लुलीभाट् गाउँ सम्म गरिएको घरदैलो कार्यक्रममा पनि जनताको उत्साहजनक सहभागिता रह्यो । स्थानीय बासिन्दाले पुराना दलबाट वि...
१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार१७ फाल्गुन २०८२, आईतवार by Bihani PostNo Comments
फागुन १७,
इजरायल र इरानबीच आक्रमण शुरू भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । खाडी देशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र रोजगारीलाई लिएर चिन्ता भएको हो ।
इरानले कतार, साउदी, बहराइन, यूएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको छ । त्रासको वातावरण रहे पनि नेपालीहरू सुरक्षित रहेका सम्बन्धित देशका दूतावासले जनाएका छन् । दूतावासहरूले सुरक्षित भएर बस्न र सम्पर्कमा रहन नेपालीहरूलाई आग्रह गरेका छन् ।
खाडी क्षेत्रमा झन्डै १९ लाख नेपाली कार्यरत छन् । सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली कार्यरत छन् । इराकमा २५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार नेपाली रहेका छन् ।
साउदी अरबमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत...